Texas College
YouTube Link

फ्रान्सको युरोकप खेल्ने टिममा फरवार्ड करिम बेन्जामाको पुनरागमन

Facebook Link

एजेन्सीः फ्रान्सको युरोकप खेल्ने टिममा फरवार्ड करिम बेन्जामाको पुनरागमन मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पसले २६ सदस्यीय टोली घोषणा गरेको छ ।

सन् २०१५ नोभेम्बरमा सेक्स स्क्यान्डलमा फसेपछि उनलाई टिमबाट हटाइएको थियो ।

त्यसैको कारण बेन्जामा सन् २०१६ मा घरेलु मैदानमा भएको युरोकपमा टिममा परेका थिएनन् ।

उनी २०१८ को विश्वकपमा पनि टिममा पर्न असफल भएका थिए ।

तर युरोकप मार्फत बेन्जामाले फ्रान्सेली टिममा पुनरागमन गरेका छन् ।

उनले यस सिजन स्पानिस क्लब रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

बेन्जामाले पछिल्लो पटक सन् २०१५ अक्टोबरमा फ्रान्सका लागि खेलेका थिए ।

जारी सिजन बेन्जामाले ला लिगामा रियलका लागि २२ गोल गरेका छन् ।

यस्तै फ्रान्सका लागि अहिलेसम्म ८१ खेल खेलेका उनले २७ गोल गरेका छन् ।

सन् २०१८ मा विश्वकप जित्दाको १४ खेलाडी अहिले फ्रेन्च टिममा रहेका छन् ।

मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् ।

प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको छ ।

फ्रान्सको युरोकप खेल्ने २६ सदस्यीयको टिम

गोलकिपरः ह्युगो लोरिस, स्टिभ मनडान्डा, माइक माइनान

डिफेण्डरः लुकास डिग्ने, लिओ डुबोइस, लुकास हर्नान्डेज, प्रसनेल किमपेम्बे, युल्स कोन्डे, क्लेमेन्ट लेङगलेट, बेन्जामिन पाभार्ड, राफेल भरान, कोर्ट जुमा

मिडफिल्डरः ए गोलो कान्टे, थोमस लेमार, पाउल पोग्वा, एड्रिएन राबिओट, माउसा सिसोको, कोरेन्टिन टोलिसो

फरवार्डः विसम बेन येडर, करिम बेन्जामा, किंग्सले कोमन, उसमान डेम्बेले, ओलिभर जिरुड, एन्टोनी ग्रीजमन, किलियन एमबाप्पे, मार्कुस थुराम

यो पनि पढ्नु होस

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...