YouTube Link

प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई हराउँदै शीर्ष तीन स्थानमा उक्लिएको छ

Facebook Link

एजेन्सीः इंग्लिस प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई हराउँदै शीर्ष तीन स्थानमा उक्लिएको छ ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा लेस्टरलाई २–१ ले पराजित गरेको हो ।

गएराति भएको खेलमा चेल्सीको जितमा एन्टोनियो रुडिगर र जर्गिन्होले समान एकरएक गोल गरे ।

लेस्टरका केलिची इहेनाचोले सान्तोना एक गोल फर्काए ।

३४औं मिनेटमा चेल्सीका टिमो वेर्नरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

रिस जेम्सको प्रहार युरी टिलेमान्सले क्लियर गर्दा पाएको कर्नरमा सिसर एज्पिलिक्वेटाको प्रहारलाई टिमो वेर्नरले गोल गरेका थिए ।

वेर्नरले बललाई नियन्त्रणमा लिनुअघि हातले छुन पुगेको भिएआरमा देखिएको थियो ।

दोस्रो हाफको शुरुमै एन्टेनियो रुडिगरले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए ।

बेन चिलवेलको कर्नरमा रुडिगरले गोल गर्न सफल भएका थिए ।

६६औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए ।

वेस्ले फोफानाले पेनाल्टी बक्समा टिमो वेर्नरमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनालटी प्रदान गरेको थियो ।

७६औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीको जीत पक्का भयो ।

यो जितसँगै चेल्सीले गत शनिबार एफए कपको फाइनलमा भोगेको १–० को हारको बदला लिन सफल भएको छ ।

यो जितसँगै प्रिमियर लिगमा चेल्सीले शीर्ष चारमा रहेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।

चेल्सीको ३७ खेलबाट ६७ अंक छ । एक स्थान तल झरेको लेस्टरको समान खेलबाट ६६ अंक छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8-%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0-%e0%a4%b2%e0%a5%80%e0%a4%97-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%ac%e0%a4%b2%e0%a4%95/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...