Rajshow Bivag

“नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔँ” अभियानमा एनआरएनएको सहयोग

Departmant of helth services

काठमाडौं: गैर आवासीय नेपाली संघ(एनआरएनए)ले “नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔँ” भन्ने नारासहित मध्यपूर्वले सुरु गरेको अभियानमा खाडीमा कार्यरत घरेलु श्रमिकदेखि ब्यवसायीसम्मले आर्थिक सहयोग गरेका छन् ।

 

कतार, साउदी अरब, कुवेत, ओमान, यूएई र बहराइनमा रहेका एनआरएनएले आह्वान गरेको अनुरोधलाई स्वस्फूर्त स्वीकार गर्दै मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरुले स्वेच्छिक रकम उठाएर सम्बन्धित देशमा रहेका एनआरएनए अध्यक्षलाई उपलब्ध गराएको नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा एनसीसी अध्यक्षहरुले जानकारी दिए ।

 

यस अभियानका संयोजक आरके शर्माले दिएको जानकारी अनुसार कतारबाट ३५ लाख, बहराइनबाट २१ लाख, ओमानबाट १५ लाख, युएईबाट १५ लाख, कुवेतबाट १३ लाख ५० हजार तथा साउदी अरबबाट १२ लाख भन्दा बढी रकम संकलन भएको छ ।

 

खाडीमा कार्यरत नेपाली श्रमिकहरुको मन ठूलो रहेको भन्दै सहयोग जुट्ने क्रम जारी रहेको ती देशमा रहेका एनआरएनए अध्यक्षहरुले जानकारी दिए ।

 

पहिलो चरणमा ७५ लाख बराबरको ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएर सरकारलाई हस्तान्तरण गरिसकिएको जनाउँदै थप भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधि तथा अन्य स्वास्थ्य सामग्री पनि पठाउने बारे छलफल भैरहेको अध्यक्षले बताए ।

 

यसैबीच हवाई उडान लम्बिदै गए मध्यपूर्वबाट स्वदेश फर्किने नेपालीहरुलाई समस्या पर्ने भन्दै उद्धार उडान गरेर भएपनि फर्किने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...