YouTube Link

“नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔँ” अभियानमा एनआरएनएको सहयोग

Facebook Link

काठमाडौं: गैर आवासीय नेपाली संघ(एनआरएनए)ले “नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔँ” भन्ने नारासहित मध्यपूर्वले सुरु गरेको अभियानमा खाडीमा कार्यरत घरेलु श्रमिकदेखि ब्यवसायीसम्मले आर्थिक सहयोग गरेका छन् ।

 

कतार, साउदी अरब, कुवेत, ओमान, यूएई र बहराइनमा रहेका एनआरएनएले आह्वान गरेको अनुरोधलाई स्वस्फूर्त स्वीकार गर्दै मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरुले स्वेच्छिक रकम उठाएर सम्बन्धित देशमा रहेका एनआरएनए अध्यक्षलाई उपलब्ध गराएको नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा एनसीसी अध्यक्षहरुले जानकारी दिए ।

 

यस अभियानका संयोजक आरके शर्माले दिएको जानकारी अनुसार कतारबाट ३५ लाख, बहराइनबाट २१ लाख, ओमानबाट १५ लाख, युएईबाट १५ लाख, कुवेतबाट १३ लाख ५० हजार तथा साउदी अरबबाट १२ लाख भन्दा बढी रकम संकलन भएको छ ।

 

खाडीमा कार्यरत नेपाली श्रमिकहरुको मन ठूलो रहेको भन्दै सहयोग जुट्ने क्रम जारी रहेको ती देशमा रहेका एनआरएनए अध्यक्षहरुले जानकारी दिए ।

 

पहिलो चरणमा ७५ लाख बराबरको ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएर सरकारलाई हस्तान्तरण गरिसकिएको जनाउँदै थप भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधि तथा अन्य स्वास्थ्य सामग्री पनि पठाउने बारे छलफल भैरहेको अध्यक्षले बताए ।

 

यसैबीच हवाई उडान लम्बिदै गए मध्यपूर्वबाट स्वदेश फर्किने नेपालीहरुलाई समस्या पर्ने भन्दै उद्धार उडान गरेर भएपनि फर्किने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...