YouTube Link

नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरसबाट युवा उमेर समूहकामा बढी संक्रमण

Facebook Link

काठमाडौं: नेपालमा नयाँ भेरियन्ट कोरोना भाइरसको दोस्रो लहरमा युवाहरु बढी संक्रमित भइरहेको पाईएको छ ।

 

अहिले दैनिकजसो संक्रमितमा २०-३९ वर्ष उमेर समूहका धेरै रहेका छन् । उक्त समूहको तुलनामा ६० वर्षभन्दा माथि उमेर समूहका संक्रमित संख्या न्यून पाईएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला १० दिन (वैशाख २३ देखि जेठ १)भित्र नेपालभर संक्रमित भएकामध्ये सबैभन्दा धेरै २०-३९ वर्ष उमेर समूहका छन् ।

 

उक्त अवधिमा उक्त उमेर समूहका ४० हजार ८ सय १० जना संक्रमित भएको तथ्यांक छ ।

 

सोही अवधिमा ६० वर्ष वा त्योभन्दा बढी उमेर समूहका संक्रमित संख्या जम्मा १० हजार १ सय २८ रहेको छ ।

 

यो तथ्यांक अनुसार १० दिनमा ६० वर्ष वा त्योभन्दा बढी उमेर समूहका भन्दा २०-३९ वर्ष उमेर समूहका ३० हजार ६ सय ८२ जना बढी संक्रमित भएका छन् ।

 

युवा उमेर समूहमा पनि ३०-३९ वर्षभित्रका संक्रमित बढी रहेका छन् । उक्त उमेर समूहका २१ हजार १ सय १३ जना संक्रमित भएका छन् ।

 

यस्तै २० देखि २९ उमेर समूहका १९ हजार ६ सय ९७ जना संक्रमित भएका छन् ।

 

उक्त तथ्यांकले कोरोनाको दोस्रो लहरले युवा उमेरकालाई बढी संक्रमित बनाएको देखाउँछ । चिकित्सकहरुले पनि कोरोनाको नयाँ भेरियन्टले युवा पुस्तामा बढी आक्रमण गरिरहेको बताउँदै आएका छन्, जुन तथ्यांकबाट समेत पुष्टि भएको छ ।

 

नेपालमा कोरोना संक्रमणबाट ४ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । यसरी मृत्यु भएकामध्ये आधाभन्दा बढी ६० वर्ष वा त्यो भन्दा माथि उमेर समूहका छन् ।

 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ६० वर्ष वा त्यो भन्दा माथि उमेर समूहका २ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ ।

 

यसैगरी, ५०-५९ वर्ष उमेर समूहका ८ सय ८१ जना र ४०-३९ वर्षका ६ सय ५९ जनाको मृत्यु भएको छ ।

 

२० देखि ३९ वर्ष उमेर समूहका ५ सय २३ जनाको मृत्यु भएको तथ्यांक छ । यसमा ३०-३९ वर्षका ३ सय ८५ र २०-२९ वर्ष उमेर समूहका १ सय ३८ जना रहेका छन् ।

 

यस्तै ०-९ वर्षका बालबालिका २९ जना र १०-१९ वर्षका २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...