नेपाल सुपर लिगाः काठमाडौं र ललितपुर फाइनल प्रवेश गर्नको लागि भिडने
वि.सं.२०७८ वैशाख ३० बिहीवार ०९:१२
2.6K
shares
काठमाडौंः नेपाल सुपर लिगको पहिलो फ्रेन्चाइज फुटबल (एनएसएल)मा उपत्यकाका दुई क्लब काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् ।
आजको नेपाल सुपर लिग खेलको विजेताले धनगढीसँगको उपाधि भिडन्त पक्का गर्नेछ ।
यसअघि पहिलो क्वालिफायरमा धनगढीसँग २-१ ले पराजित काठमाडौं ललितपुरमाथि जित निकाल्दै फाइनलमा स्थान बनाउन चाहन्छ
इलिमिनेटरमा बुटवललाई पन्छाएको ललितपुर पनि फाइनल प्रवेशको दाउमा छ ।
हिजो भएको इलिमिनेटरमा बुटवल लुम्बिनीलाई पराजित गरेको ललितपुर आज काठमाडौंविरुद्ध उत्रन लागेको हो ।
दोस्रो क्वालिफायर अन्तर्गत काठमाडौ र ललितपुरको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
पछिल्लो ६ खेलमा अपराजित रहेको ललितपुर सिटी एफसी काठमाडौंविरुद्ध पनि अपराजित यात्रा कायमै राख्ने कोसिसमा हुनेछ ।
उपाधिको बलियो दाबेदार काठमाडौं समेत ललितपुरविरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्ने तयारीमा छ ।
यसअघि लिग चरणमा भएको भ्याली डर्बीको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो ।
काठमाडौंको जितमा अफ्रिकन खेलाडी मेसौके ओलुमोउले विजयी गोल गरेका थिए ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ वैशाख ३० बिहीवार ०९:१२




















