अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान
वि.सं.२०७८ वैशाख २७ सोमवार २१:२५
1.9K
shares
काठमाडौं : अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले आह्वान गरेको छ । निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिण्डर उपलब्ध गराउन आह्वान गरेको हो।
महासङ्घले आज विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा पुल, हाईड्रो, ट्रष्ट, स्टील लगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौज्दात राखिएका अक्सिजन सिलिण्डरको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार मार्फत् अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई तत्काल उपलब्ध गराउन आह्वान गरेको हो ।
यस कार्यमा सहयोग गर्न हुन अन्तर्गतका सम्पूर्ण सदस्य, प्रदेश महासङ्घ, जिल्ला सङ्घ, एसोसिएट सदस्य तथा वस्तुगत संङ्घलाई महासङ्घले विज्ञप्तिमार्फत् अपिल गरेको छ ।
देशभर हाल सञ्चालित साढे छ हजार परियोजनामध्ये लगभग दुई हजारमा अक्सिजन सिलिण्डरको प्रयोग भएको छ । ती सिलिण्डर कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति केही कम गर्न सकिने हुँदा सोही बमोजिम गर्न गराउन हुन महासङ्घले अनुरोध गरेको हो ।
कोभिड–१९- को दोस्रो लहरबाट देशभर सङ्क्रमित भएका बिरामीको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यान समेत गइरहेको छ । यस खबरबाट महासङ्घ मर्माहत भई यस्तो निर्णय गरिएको महासङ्घले जनाएको छ ।
नेपाल प्रहरीले २ हजार ७ सय ८१ वटा अक्सिजन सिलिन्डर वितरण
वि.सं.२०७८ वैशाख २७ सोमवार २१:२५




















