एनएमबि बैंक लिमिटेडले २० लाख कित्ता ऋणपत्र विक्री गर्ने
वि.सं.२०७८ वैशाख २६ आइतवार १८:४५
1.7K
shares
काठमाडौं: एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले “एनएमबि ऋणपत्र ८.५–२०८७/८८” नामको ऋणपत्र विक्री गर्न लागेको हो ।
बैंकले प्रति ऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्र मध्य १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउँन लागेको हो ।
यस ऋणपत्र खरिदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा प्रयाप्त सुरक्षित रहेको संकेत गर्दछ ।
यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
एनएमबि बैंक लिमिटेडले यो ऋणपत्र विक्रीका लागि बैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको हो । सोही दिन बैंकले ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको एनएमबि उर्जा ऋणपत्र विक्रीका लागि समेत बोर्डको स्वीकृति पाएको थियो ।
यो पनि पढ्नुहोस् :
साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकले घट्यो
वि.सं.२०७८ वैशाख २६ आइतवार १८:४५




















