YouTube Link

नेपाल राष्ट्र बैंकले कर्मचारीलाई करीव ५५ करोड रुपैयाँ भुक्तानी

Facebook Link

काठमाडौं:  नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई कल्याणकारी सञ्चय कोष मार्फत करीव ५५ करोड रुपैयाँ भुक्तानी दिएको खुलेको छ ।

 

नेपाल सरकारले बजेटमार्फत कोरोना महामारीको कारण देखाउँदै खर्च कटौतीका लागि निजामती कर्मचारीको तलब भत्ता बृद्धि गरेको थिएन । तर,  नेपाल राष्ट्र बैंकका कर्मचारीले सोही अवधिको कर्मचारी कल्याणकोष मार्फत दामासाहीले अतिरिक्त रकम बुझेका छन् ।

 

नेपाल राष्ट्र बैंकमा कनिष्ठदेखि बरिष्ठसम्मका कर्मचारीलाई उनीहरुको ग्रेडका आधारमा रकम बितरण गरिएको स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकमा १२९० जनाको स्थायी दरबन्दी रहेको छ ।

 

नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन ३ महिना ढिलो गरी प्रकाशन गर्दै कर्मचारी कल्याणकारी कोष मार्फत कर्मचारीलाई रकम भुक्तानी दिइएको हो ।

 

नेपाल राष्ट्र बैंकको कर्मचारी कल्याणकारी सञ्चयकोषका लागि मुनाफाको १० प्रतिशतसम्मको रकम जम्मा गर्न सकिने व्यवस्था भएपनि उक्त रकम बितरण गर्न भने नपाइने जानकारहरु बताउँछन् ।

 

नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको तेस्रो संसोधन २०७४ को विनियम ७८ भएको ब्यवस्थानुसार बैंकको खुद नाफालाई आधार बनाई कर्मचारी कल्याणकारी सञ्चयकोषमा छुट्याइएको रकम १० प्रतिशतले बृद्धि गरी हुन आउने रकम कोषमा जम्मा गर्नुपर्ने ब्यवस्था रहेको छ ।

 

कर्मचारी कल्याणकारी सञ्चय कोषमा जम्मा भएको रकम अवकास कोषमा जम्मा गर्नुपर्ने र अबकास कोषको सिमा भन्दा बढी कर्मचारीलाई मात्रै रकम बितरण गर्न पाइने व्यवस्था उक्त विनियमावलीमा उल्लेख गरिएको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले अनुमति प्रदान गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

 

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको नियामक निकाय भएकाले आफ्ना कर्मचारीहरुलाई बोनस बितरण गर्न पाउने कानुनी व्यवस्था नभएकाले कर्मचारी कल्याणकारी सञ्चय कोष मार्फत राष्ट्र बैंकको मुनाफाबाट १० प्रतिशत हुन सम्म रकम बितरण गर्दै आएको नेपाल राष्ट्र बैंक श्रोतले जनाएको छ ।

 

हाल नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्षमा गर्भनर महाप्रसाद अधिकारी , सदस्यहरुमा अर्थमन्त्रालयका सचिव शिशिर ढुङ्गाना, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय निलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र त्यस्तै डा.श्रीराम पौडेल , रामजी रेग्मी र सुवोध कुमार कर्ण रहेका छन् ।

 

यो पनि पढ्नुहोस् :

नेपाल स्टक एक्सचेञ्जमा ३५.८९ अंकको गिरावट

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...