Texas College
YouTube Link

राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा टिएसीसँग न्यू डायमण्ड पराजित

Facebook Link

काठमाडौं: ह्वाङ्गजी न्यू डायमण्ड क्लब पाँचौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप २०७७ मा सेनाको टिएसीसँग पराजित भएको छ ।

 

पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोश्रो दिन विभागिय टोली नेपाली सेनाको टिएसीसँग पराजित भएको हो ।

 

पहिलो सेटमा १७-२१ ले पछाडी परेको न्यू डायमण्ड खेलमा फर्कदै दोश्रो सेटमा २५-२० ले जित हात पार्न सफल भयो ।

 

यस्तै तेश्रो सेटमा पुनः २३-२५ ले खेल गुमायो । चौथो सेटमा सम्हालिंदै २५-१५ ले खेललाई आफ्नो पक्षमा पारेको डायमण्ड पाँचौ तथा निर्णायक सेटमा १२-१५ ले पछि पर्दै अंक बाँढ्यो ।

 

टिएसीले २ अंक जोड्यो भने डायमण्डले १ अंक हात पार्यो ।

 

डायमण्डको ४ अंक भएको छ भने टिएसीको २ अंक भएको छ ।

 

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको च्याम्पियनसिपको महिला तर्फ दोश्रो दिन विभागिय टोली एपिएफ र नेपाल पुलिसले पनि जित निकाल्न सफल भए ।

 

एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३-० को सहज जित निकाल्यो ।

 

एक पक्षीय खेलमा एपिएफले ढोरपाटनलाई २५-३, २५-९ र २५-५ ले पराजित गर्दै ३ अंक जोड्यो ।

 

यस्तै पुलिसले पनि भरतपुर मेट्रो खेलकुदमाथि ३-० को नै जित निकाल्यो ।

 

पुलिसले भरतपुरलाई २५-४, २५-८, २५-१२ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो ।

 

पुरुष तर्फको प्रतिस्पर्धामा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले जित हात पार्दै आफ्नो खातामा ३ अंक जोड्यो ।

 

हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबमाथि ३-१ को जित निकालेको हो ।

 

पहिलो सेट २५-१४ ले जितेको हेल्प नेपालले दोश्रो सेट २३-२५ ले खेल गुमाउन पुग्यो ।

 

पुनः खेलमा फर्कदै हेल्प नेपालले तेश्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै जित हात पार्यो ।

 

तेश्रो सेटमा २५-२२ र चौथो सेट २५-१६ अंकका साथ जित हात पारेको हो ।

 

नेपाल पत्रकार महासंघको चुनावी सरगर्मी बढ्दै, ४९ पदाधिकारीका लागि १५२ उम्मेदवारी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...