YouTube Link

च्याम्पियन्स लिग फुटबलको फाइनलमा ईङ्लिस क्लब टोटेनहम प्रवेश

World Cup 2026
Facebook Link

एजेन्सी: च्याम्पियन्स लिग फुटबलको फाइनलमा ईङ्लिस क्लब टोटेनहम प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा अजाक्सविरुद्व पुनरागमन जित निकाल्दै प्रिमियर लिग क्लब टोटेनहमले फाईनल यात्रा तय गरेको हो ।

लुकास मौराले दोस्रो हाफमा ह्याट्रिक पुरा गरेपछि टोटेनहमले अविश्वसनीय नतिजा सहित उपाधि भिडन्त पक्का गरेको हो । पहिलो लेगको खेलमा १-० ले पराजित टोटेनहम बुधबार राति पहिलो हाफसम्म समेत २-० ले पछाडी परेको थियो ।

आयाक्सले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा बलियो बनाएको थियो । खेलको पाँचौ मिनेटमा कप्तान माथिस डे लिटले आयाक्सलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन १० मिनेट समय बाँकी छँदा हाकिम जिएकले आयाक्सको अग्रता दोब्बर पारे । पहिलो हाफ सकिँदा समग्रमा ३-० ले अगाडी रहेको आयाक्स दोस्रो हाफमा भने सम्हालिन सकेन ।

मौराले ५५ औं मिनेटमा डेले आलीको पास सदुपयोग गर्दै टोटेनहमलाई खेलमा फर्कने संकेत देखाए । त्यसको ४ मिनेटपछि नै उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरे । खेलको ५ मिनेट थप गरिएको इन्ज्युरी समयको अन्तिम मिनेटमा मौराले ह्याट्रिक पुरा गर्दै टोटेनहमलाई पहिलो पटक फाइनल पुर्याए ।

यस जितसँगै टोटेनहमले लिभरपुलसँग च्याम्पियन्स लिगको फाइनल पक्का गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा लिभरपुलले बार्सिलोनालाई उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४-३ ले पराजित गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...