YouTube Link

यती एअरलाइन्सले यात्रुलाई बोर्डिङ् पासमार्फत् थप सहुलियत दिने

Facebook Link

काठमाडौं:  यती एअरलाइन्सले आफ्नो वायुयान मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ् पासमार्फत् थप सहुलियत दिने भएको छ । यती एअरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने भएको हो ।

 

जुनसुकै मुल्यको टिकट खरीद गरी यती एअरलाइन्स मार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले रु. ५०० मुल्य बराबरको छुट सुविधा प्राप्त गर्ने यती एअरलाइन्सले जनाएको छ ।

 

एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइन मार्फत् सामान खरिद गर्दा रु. २०० को सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा रु.३०० को ट्राभल भौचर गरी जम्मा रु. ५०० मूल्य बराबरको सहुलियत दिने भएको हो ।

 

उक्त सम्झौतासँगै आज अप्रिल १ देखि नै यती एअरलाइन्स मार्फत यात्रा गर्ने यात्रुहरुले यो सहुलियत पाउनेछन् । साथै यो सहुलियत लिएर समान खरिद गर्नेहरुमध्ये प्रत्येक दिन एकजनाले ग्यापुको तर्फबाट थप उपहार प्राप्त गर्नेछन् ।

 

सो सहुलियत पाउनको लागि ग्यापुमा सामान खरिदको क्रममा इन्टर योअर कोड अप्सनमा गई ग्यापुयति १०० लेख्नुपर्छ भने एक्सेलट्रिपमा टिकटहरु रिर्जभेसन गर्दा एक्सेल ट्रिप २०० कोड राख्नुपर्नेछ । यससँगै आजैदेखी यती एअरलाईन्सको वोर्डिङ पासहरुमा ग्यापुको लोगो अंकित जानकारी मुलक सामग्रीका साथै भौचर कोड समेत रहनेछ ।

 

यात्रुहरुलाई थप सुविधाहरु प्रदान गर्न विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको यतिले भविष्यमा पनि आफ्ना यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने यस्तै किसिमका कार्यक्रमहरु ल्याउने योजना रहेको एअरलाइन्सले जनाएको छ ।

 

यो पनि पढ्नुहोस् :

सनराइज बैंकको ताप्लेजुङ्ग जिल्लामा शाखारहित बैंकिङ् सेवा सुरु

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...