YouTube Link

सनराइज बैंकको ताप्लेजुङ्ग जिल्लामा शाखारहित बैंकिङ् सेवा सुरु

Facebook Link

काठमाडौं:  सनराइज बैंक लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा शाखारहित बैंकिङ् सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित बैंकिङ् सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ् सेवा संख्या ७२ पुगेको छ ।

 

बैंकले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं–६, लेलेपमा खोलेको शाखारहित बैंकिङ् सेवाको व्यवसाय प्रतिनिधिका रुपमा श्रीमती फुपु डोमा शेर्पालाई नियुक्त गरेको छ ।

 

बैंकको शाखारहित बैंकिङ् सेवा समुद्घाटन कार्यक्रममा फक्ताङलुङ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष छोवाङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सन्राइज बैंक फुङलिङ शाखाका शाखा प्रबन्धक ध्रुब प्रसाद बाँस्कोटा र शाखाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

बैंकिङ् सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउमा शाखारहित बैंकिङ् सेवा अन्तर्गत ए टि एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

 

सन्राइज बैंक ले हालसम्म १३९ वटा शाखा, ७२ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए।टि।एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस् :

कुमारी बैंकले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसंग सहकार्य गर्ने

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...