YouTube Link

नेपाल टेलिकमले फाइभजी परीक्षणको स्वीकृती पायो

Facebook Link

काठमाडौं:  नेपाल टेलिकमले फाइभजी परीक्षणको स्वीकृती पाएको छ । रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षण गर्न एक वर्षको लागि अनुमति दिएको हो ।

 

सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले नेपाल टेलिकमलाई एक वर्षसम्म देशैभरी फाइभजी परिक्षणका लागि स्वीकृती दिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

 

रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले नेपालमा फाइभजी सञ्चालनको तयारी गर्नका लागि स्वीकृती दिएको तर, कुन रेडियो फ्रिक्वेन्सीमा उक्त फाइभजी सेवा सञ्चालन गर्ने भन्ने निर्णय नभएको प्राधिकरणले जनाएको छ ।

 

हाल उपलब्ध रहेका रेडियो फ्रिक्वेन्सीहरु ३४ सय, ३६ सय, ७ सय, ८ सय, ९ सय, १८ सय, २३ सय, २६ सय र ३३ सय, ३३ सय, ४७ सय र २६ गिगाहर्ज ब्यान्ड मेगाहर्ज फ्रिक्वेन्सी फाइभजी प्रयोग गर्न सकिने प्राधिकरणले सिफारिस गरेको छ ।

 

टेकिलमले परिक्षण गर्ने फाइभजी सेवामा एक वर्षसम्म कसैसँग कुनै शुल्क लिन नपाउने र अन्य कम्पनीलाई बेच्न समेत नपाउने सर्त रहेको छ । फाइभजी फोरजीको अपग्रेड भर्सन भने हैन ।

 

नेपाल टेलिकमको फोरजी सेवाको सम्झौता हुँदा नै फाइभजी सेवा विस्तार सम्बन्धी सम्झौता भएकाले फोर जी सेवा विस्तारसँग जोडिएको योजना रहेको नेपाल टेलिकमले जनाएको छ ।

 

फोरजी सेवाको सम्झौता यो कोभिडका कारणले अलि डिला भयो र पनि यहि आर्थिक वर्षसम्म फोर जी सेवा विस्तारको सम्झौता बाँकी रहेको र आगामी आर्थिक वर्षको शुरुमा फाइभजी सेवाका लागि आवश्कय पर्ने उकरणहरु ल्याउने प्रक्रिया अघि बढ्न सक्ने छ ।

 

फाइभजीका लागि आवश्यक पर्ने उपकरणहरु नेपाल टेलिकमले उपलब्ध गराउने फ्रिक्वन्सीका आधारमा मात्र खरिद प्रक्रिया अघि बढ्ने छ । फाइभजी चलाउनका लागि अहिले फोरजीका लागि निर्माण गरेको अप्टिकल फाइभरले काम गर्ने भएपनि प्रिक्वन्सीका आधारमा मात्र उकरण मगाउन पर्ने भएकाले यसको प्रक्रिया अब प्राधिकरणले उपलब्ध गराउने फ्रिक्वन्सीमा निर्भर हुने छ ।

 

नेपालमा हाल टूजी, थ्रीजी र फोरजी प्रविधि प्रयोगमा छ । फोरजीमा सेवा प्रदायकले अर्बौं लगानी गरेका छन् । त्यो लगानीलाई पनि बचाउने गरी फाइभजीसम्बन्धी नीति ल्याउने सरकारी योजना छ ।

यो पनि पढ्नुहोस् :

अब नेपाली आकाशमै १० हजार फिटमाथिसम्मको उचाइमा फोन कल, इन्टरनेट तथा एसएमएस सुविधा पाईने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...