नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा बरियतामा ७५ स्थान माथि भएको किर्गिस्तानसँग आज आमनेसामने हुँदै
वि.सं.२०७७ चैत १२ बिहीवार १४:०८
1.7K
shares
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले ६ वर्षपछि आज दशरथ रंगशालामा पहिलो खेल खेल्दै छ ।
थ्री नेसन्स कप अन्तर्गत नेपालको राष्ट्रिय टिम र किर्गिस्तानको यु-२३ टिमसँग आमनेसामने हुँदैछन् ।
फिफा बरियताको १७१औं स्थानमा रहेको नेपालले आज किर्गिस्तान यु–२३ सँग खेल्दै छ ।
सिनियरतर्फको बरियतामा नेपालभन्दा ७५ स्थान माथि भएको किर्गिस्तानको यु–२३ टोलीविरुद्ध नेपालले विजयी सुरुवात चाहन्छ ।
आज साँझ ५:३० बजे नेपाल र किर्गिस्तान यु-२३ टोली टोली विरुद्ध दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले सामान्यतर्फ ७ सय र भीआइपी प्यारापिटतर्फ १ हजार ५ सय गरी १२ हजार टिकट बिक्री गरिरहेको छ ।
नेपाल, बंगलादेश र किर्गिस्तान यु-२३ सहभागी प्रतियोगिता राउन्ड रोबिन पद्धतिको हो ।
पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
त्यस्तै, मोस्ट भ्यालुएबल प्लेयरले ५ सय तथा प्लेयर अफ दी म्याचले २ सय ५० डलर प्राप्त गर्नेछन् ।
नेपालको टोली
गोलकिपर: किरण लिम्बु, बिकेश कुथु, दीप कार्की
डिफेन्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान
फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास
वि.सं.२०७७ चैत १२ बिहीवार १४:०८




















