राष्ट्र बैंकले नयाँ नक्सा छाप्ने जिम्मा पोल्याण्डको कम्पनीलाई दियो
वि.सं.२०७७ चैत ११ बुधवार १७:१५
1.5K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का डिजाइन, टकमरी तथा आपूर्ति गर्ने जिम्मा पोल्याण्डको मेन्निका पोल्स्का कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले ग्लोबल टेण्डर मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो ।
मन्त्रिपरिषदले गत भदौमा लिम्पियाधुरा र लिपुलेक सहितको नयाँ नक्सा अंकित एक र दुई रुपैयाँको सिक्का छाप्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । कम्पनीले सम्झौता अनुसार एक रुपैयाँ दरको ३० करोड थान सिक्का ५१ लाख १५ हजार युरोमा डिजाइन, टकमरी तथा आपूर्ति गर्नु पर्ने छ ।
राष्ट्र बैंकले मन्त्रिपरिषदको निर्देशन पछि दुई रुपैयाँको सिक्का छाप्न पनि यसै कम्पनीलाई गत महिना जिम्मा दिएको थियो ।
यो पनि पढ्नुहोस् :
बैंक अफ काठमाण्डूले दुई कम्पनीको संस्थापक शेयर बाँडफाँट
वि.सं.२०७७ चैत ११ बुधवार १७:१५




















