आजबाट देशभर रंगहरूको पर्व होलीको विधिवत रुपमा सुरुवात
वि.सं.२०७७ चैत ८ आइतवार ०८:५९
1.7K
shares
काठमाडौं: आजबाट देशभर रंगहरूको पर्व होलीको विधिवत रुपमा सुरुवात भएको छ ।
वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ ।
चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।
वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ ।
बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरा चीर ठड्याउने गरिन्छ ।
करिब ३० फिट अग्लो उक्त चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने गर्छन् ।
नेपाली सेनाको शार्दुलजङ्ग गुल्मको टोलीले श्लेषमान्तक वनबाट मयलको रुखको हाँगा ल्याएर चीर बनाई हनुमानढोका दरबारको मोहनकाली चोक, त्रिशूलचोक, नासलचोकमा पनि विभिन्न ध्वजासहितको चीर ठड्याइएपछि होलीको औपचारिक सुरुवात हुने चलन छ ।
रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।
‘सी’ डिभिजन लिग: चर्च ब्वाइज युनाईटेड र स्वयम्भु क्लब तथा झापा र समाज कल्याण भिड्दै
एभर्टनलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश
लिड्स युनाईटेडका लिजेण्ड फुटबल खेलाडी पिटर लोरिमेरको निधन
वि.सं.२०७७ चैत ८ आइतवार ०८:५९




















