‘सी’ डिभिजन लिग: चर्च ब्वाइज युनाईटेड र स्वयम्भु क्लब तथा झापा र समाज कल्याण भिड्दै
वि.सं.२०७७ चैत ८ आइतवार ०८:२९
2.5K
shares
काठमाडौं: सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल अन्तर्गत आज एन्फा कम्प्लेक्स सातदोबाटोमा दुई खेलहरु हुँदैछ ।
पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुईबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
आज चर्च ब्वाइज लगातार तेस्रो जितको खोजीमा रहेको छ ।
यस्तै दोस्रो खेलमा झापा एफसी र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।
झापा र समाजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
झापा पहिलो जितको खोजीमा रहेको छ ।
समाज कल्याण भने तेस्रो जितको खोजीमा रहेको छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
एभर्टनलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश
लिड्स युनाईटेडका लिजेण्ड फुटबल खेलाडी पिटर लोरिमेरको निधन
वि.सं.२०७७ चैत ८ आइतवार ०८:२९


















