फ्रान्समा कोरोनाको तेस्रो लहसँगै एक महिना लकडाउन गरिने
वि.सं.२०७७ चैत ६ शुक्रवार ०७:५४
1.7K
shares
एजेन्सी: फ्रान्समा कोरोनाको तेस्रो लहर सुरु भएसँगै राजधानी पेरिसमा एक महिना लामो लकडाउन गरिने भएको छ ।
पेरिसका साथै देशका अन्य १५ इलाकामा पनि लकडाउन गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले अहिलेको लकडाउन पहिलेजस्तो कडा भने नहुने बताएका छन् ।
कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रुपमा बढ्न सक्ने उनको भनाइ छ ।
स्वास्थ्यमन्त्री ओलिभर भेरानले पेरिसमा कोरोनाको जोखिम बढ्दै गएको भन्दै अहिले पनि १२ सय जना संक्रमित आइसियुमा उपचाररत रहेको जानकारी दिएका छन् ।
फ्रान्समा गत २४ घण्टामा ३५ हजार नयाँ संक्रमित थपिएका छन् भने साढे २ सयभन्दा धेरैको मृत्यु भएको छ ।
कोरोनाविरुद्धको खोप लगाउन ढिलाइ गरेको भन्दै फ्रान्सेली सरकारको आलोचना भइरहेको छ ।
यसैबीच युरोपेली संघ (इयु) ले कोरोनाविरुद्ध प्रयोगमा रहेको अक्सफोर्ड अस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहेको निश्कर्ष निकालेको छ ।
रगत जम्ने समस्या देखिएको भन्दै एक दर्जनभन्दा बढी युरोपेली देशले खोप प्रयोगमा रोक लगाएपछि संघको युरोपियन मेडिसिन्स एजेन्सीले यसको जोखिमभन्दा फाइदा कयौं गुणा धेरै रहेकाले ढुक्क भएर खोप प्रयोग गर्न आग्रह गरेको हो ।
हेर्नुहोस् तपाईको आज २०७७ चैत ६ गते शुक्रबारको तपाईको राशिफल
वि.सं.२०७७ चैत ६ शुक्रवार ०७:५४



















