Rajshow Bivag

‘हनी ट्रयाप’मा फसाई रकम असुल्ने दुई महिला पक्राउ

Departmant of helth services

काठमाडौं: ‘हनी ट्रयाप’मा फसाई रकम असुल्ने कार्यमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको झुठो आरोपमा दोषी ठहर गर्दै सुर्खेत जिल्ला अदालतबाट साढे तीन वर्षको जेल सजाय सुनाइएकी ललिता भन्ने लालसरी शाही र कल्पना हमाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-३२, कोटेश्वर बस्ने पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठमासँगै बसेको र सँगै बसेको भिडियो गोप्य रुपमा रेकर्ड गरी म्यासेन्जरमार्फत पीडितलाई पठाएर ‘ब्ल्याकमेलिङ’ गरी पटक पटक आईएमई मार्फत लाखौँ रकम असुलेको आरोपमा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई यही चैत ४ गते (बुधबार) पक्राउ गरेको हो ।

प्रारम्भिक अुनसन्धान पश्चात थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

सुर्खेत जिल्ला विरेन्द्रनगर-१० स्थायी ठेगाना भएकी ३७ वर्षीया शाही काठमाडौं, घट्टेकुलोमा बस्दै आएकी थिइन् भने सोही स्थायी ठेगाना भएकी ३७ वर्षीया हमाल भने कपनमा बस्दै आएकी थिइन् ।

लालसरी शाही २०६६ मंसिरमा राजु धिताललाई अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतले १४ जेल सजाय सुनाइएकी अभियुक्त हुन् ।

सात वर्ष जेल बसेर २०७४ साल मंसिर २२ गते एक लाख रुपैयाँमा धरौटीमा छुटेकी थिइन् ।

यस्तै, शाही र हमाल दुवैले विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई शर्माविरुद्ध गत असोज ६ गते बलात्कारको जाहेरी दिएका थिए ।

उक्त जाहेरीलाई झुठो ठहर गर्दै लालसरीविरुद्ध सुर्खेत जिल्ला अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको थियो ।

गतल समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले कारवाही गर्ने

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...