YouTube Link

गतल समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले कारवाही गर्ने

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यावस्थाबारे गलत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले कारवाही गर्ने भएको छ ।

पूर्वमन्त्री समेत रहेका जोशी फागुन १३ गते रातिदेखि नै मस्तिष्काघात भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

बुधबार दर्जनौं अनलाइनले जोशीको स्वास्थ्यलाई लिएर श्यामश्वेत तस्बिर राखेर भ्रामक समाचार दिइरहेको पाइएको थियो ।

उक्त समाचारपछि अस्पतालले बिहान ७ बजे प्रेस विज्ञप्ति निकालेर जोशीको उपचार भेन्टिलेटरमा भइरहेको र अनलाइन संचारमाध्यमहरुले नकारात्मक समाचार सम्प्रेषण गरिरहेको जनाउँदै ध्यानाकर्षण भएको जनाएको थियो ।

नेता जोशीको चिन्ताजनक अवस्थामा अहिले पनि भेन्टिलेटरमै उपचार भइरहेको छ ।

सोही विषयलाई लिएर समाचारको अनुगमन तथा नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण पत्र जारी गर्दै गलत समाचार सम्प्रेषण गर्ने अनलाइन सञ्चारमाध्यममाथि कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

समाचारलाई सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुलाई पनि सचेत गराइएको छ ।

काउन्सिलका सूचना अधिकारी उप प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी उक्त ध्यानाकर्षण पत्रमा काउन्सिलको सो अनुगमनमा जोशीको उपचार गराइरहेको अवस्थामा विपरीत समाचार सम्प्रेषण गरेर केही अनलाइन संचारमाध्यमहरुले पत्रकार आचार संहिताको घोर उल्लंघन गरेको ठहर गर्दै त्यस्ता सञ्चारमाध्यममाथि कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

जोशीको स्वास्थ्य अवस्थाबारे तथ्यहीन र असन्तुलित समाचार सम्प्रेषण गरेर व्यक्तिको स्वास्थ्यबारे पाठक, श्रोता वा दर्शकमा भ्रम, उत्तेजना र निराश उत्पन्न गराएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

साथै पत्रमा ‘को पहिला हुने होडबाजी’मा पुष्टि बेगर मानिसको जीवनसँग सम्बन्धित मानवीय संवेदना खल्बलिने र प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने किसिमका सामग्री सम्प्रेषण नगर्न, नगराउन र पत्रकार आचारसंहिताप्रति पूर्णप्रतिवद्ध रहन सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल-खनाल समूह बैठकमा नजाने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...