सिन्धु विकास बैंकले शेयरधनीहरुको हात खाली बनाउने
वि.सं.२०७७ फागुन ८ शनिवार १४:३४
1.6K
shares
काठमाडौं: सिन्धु विकास बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सुचना जारी गर्दै यस वर्षको लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको जानकारी दिएको हो । बैंकले यस वर्ष शेयरधनीहरुको हात खाली बनाउने भएको छ ।
गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सञ्चालक समितिले पास गरी नेपाल राष्ट्र बैंकमा थप स्वीकृतिका लागि पेश गर्ने निर्णय कम्पनीको फागुन ६ गतेको सञ्चालक समितिको बैठकले गरेको छ ।
सिन्धु विकास बैंकले अघिल्लो आर्थिक वर्ष ०७५/७६ को सञ्चित मुनाफबाट भने ११ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६० प्रतिशत नगद लाभांश दिएको थियो ।
यो पनि पढ्नुहोस् :
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्स बीच समझदारी
वि.सं.२०७७ फागुन ८ शनिवार १४:३४




















