YouTube Link

विभिन्न ठाउँबाट अवैध लागू औषध सहित पक्राउ

World Cup 2026
Facebook Link

काठमाडौं: चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल फेनारगन, ५ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल लुपिजेसिक र २ सय एम्पुल नुर्फिन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा परवामैनपुर गाउँपालिका-४ बस्ने २४ वर्षीय तवरेज आलम दर्जी र सोही ठाउँ बस्ने २६ वर्षीय कैस मिया रहेका छन् । नागढुङ्गास्थित चेक पोष्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.८ ख ५३४५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै तवरेज आलम दर्जीको साथबाट प्रहरीले करिब ३ ग्राम अबैध लागूऔषध गाँजा र १ थान चिलिम समेत बरामद गरेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ मास्टरचोकबाट नियन्त्रित लागूऔषध ४६ एम्पुल डाइजेपाम, ३४ एम्पुल नुर्फिन र ४२ एम्पुल फेनारगन सहित सोही ठाउँ बस्ने रमेश भन्ने ४१ वर्षीय एक्ला बहादुर आलेमगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले एक्ला बहादुरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१४ सुन्दर टोलबाट नियन्त्रित लागूऔषध २५ एम्पुल डाईजापाम, २३ एम्पुल फेनरागन र २२ एम्पुल नुर्फिन सहित सोही महानगरपालिका-१२ रानिपौवा बस्ने सन्तोष भन्ने २४ वर्षीय निर्मल नेपाली लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

भोजपुर, हतुवागडी गाउँपालिका-८ खुकोईलास्थित जङ्गलबाट करिब ६१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीले सेतो प्लाष्टीकको बोरामा बेवारिसे अवस्थामा रहेको उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...