Texas College
YouTube Link

इङलिस प्रिमियर लिग लिभरपुल मानसिक रुपले कमजोर

Facebook Link

एजेन्सी: इङलिस प्रिमियर लिगमा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्नो टोली मानसिक र शारीरिक रुपमा फिट नभएको बताएका छन् ।

इङलिस प्रिमियर लिगमा गएराती ब्राइटनसँग एक शून्य गोलले पराजित भएपछि क्लोपको यस्तो प्रतिकृया आएको हो ।

लिभरपुलले घरेलु मैदान एनफिल्डमा लगातार दोस्रो हार बेहोरेको हो ।

एनफिल्डमा ब्राइटनलाई जीत दिलाउन एकमात्र निर्णायक गोल ५६ औं मिनेटमा स्टिभन अल्जाटेले गरेका थिए ।

क्लोपले ब्राइटन विरुद्ध खेलाडी मानसिक रुपमा थाकेको जस्तो देखिएको बताए।

ब्राइटनले राम्रो खेलेको भएपनि आफूहरुले सजिलो बनाइदिएको उनको भनाइ थियो ।

क्लोपले हारको कारण के हो भनेर खोज्न आवश्यक रहेको बताएका छन् ।

एनफिल्डमा ६८ लिग खेलमा अपराजित रहेको लिभरपुलले पछिल्लो समय भने एकपछि अर्को हार बेहोरिरहेको छ ।

अघिल्लो साता मात्र घरेलु मैदानमानै बन्र्लीसँग एक शून्यले पराजित भएको थियो ।

ब्राइटन भने लिगका पछिल्ला चार खेल यता अपराजित छ ।

उसले १३ पटकको प्रयास मा लिभरपुललाई हराएको हो ।

यसअघि सन १९८४ मा एफ ए कपमा दुइ शून्य गोलको जीत हात पारेको थियो ।

हारपछि साविक विजेता लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले पछि परेको छ ।

र सिटीले लिभरपुल भन्दा एक खेल कम खेलेको छ । सिटीको २१ खेलबाट ४७ अंक छ ।

चौथो स्थानमा झरेको लिभरपुलको २२ खेलबाट ४० अंक छ ।

उपाधि दौडमा कायमै रहने हो भने लिभरपुलले आइतबार सिटीलाई पराजित गर्नुपर्नेछ ।

गएरातीनै भएको खेलमा सिटीले भने बन्र्लीलाई दुइ शून्य गोलले पराजित गर्यो ।

सिटीको जीतमा तेस्रो मिनेटमा गाब्रिएल जेसुस र ३८ औं मिनेटमा रहिम स्र्टलिङले गोल गरेका थिए ।

लेस्टर सिटी फुलह्यामलाई दुइ शून्य गोलले हराउँदै तालिकाको तेस्रो स्थानमा उक्लियो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%ab%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%aa-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a4%a1%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%aa/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...