YouTube Link

एन्फामा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट हुन सकेन्

World Cup 2026
Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ(एन्फा)मा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।

विभिन्न व्यक्ति, संस्था तथा जिल्ला फुटबल संघले समय–समयमा विभिन्न शीर्षकमा लिएको पेश्की फछ्र्यौट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०७६/ ०७७ को असार मसान्त सम्ममा फछ्र्यौट हुन बाँकी पेश्की रकम ४ करोड ८९ लाख ७ हजार ५ सय ७२ रहेको छ ।

विश्व फुटबलको संस्था फिफा, एसियन फुटबल फेडेरेसन (एएफसी) र नेपाल सरकारको अनुदानबाट चल्ने एन्फाको खाताबाट विभिन्न शीर्षकमा  पेश्की लिने व्यक्तिले इमान्दारिता नदेखाइ दिँदा फछ्र्यौट नगरेको एन्फा स्रोत बताउँछ ।

पेश्की रकम सबैभन्दा बढी फिफाको खाताबाट लिइएको छ ।

फिफाको खाताबाट २ करोड ६० लाख २७ हजार ३० रुपैया लिएको छ ।

एन्फाको खाताबाट १ करोड ४६ लाख २४ हजार ५ सय ८ रुपैया छ ।

यस्तै एएफसीको खाताबाट ८२ लाख ५६ हजार ३४ रुपैया छ ।

एन्फाबाट पेश्की लिएर फछ्र्यौट नगर्नेमा पूर्व फुटबलर, एन्फा पदाधिकारी, जिल्ला संघ तथा विभिन्न संस्थाहरु रहेका छन् ।

एन्फाको अडिट रिर्पोटमा ५ लाख भन्दा बढी पेश्की लिनेको छुट्टै सूची बनाइएको छ ।

जसमा एन्फाका पदाधिकारी देखि जिल्ला संघहरु छन् ।

पेश्की लिने कति व्यक्तिहरु मृत्युवरण समेत भैसकेका छन् ।

तर, पनि उनीहरको नाममा एन्फाको पेश्की बाँकी छ ।

एन्फाका पूर्वकार्यवहाक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठ र पूर्वमहासचिव स्वर्गीय लोकबहादुर शाहीको नाममा पनि पेश्की फछ्र्यौट बाँकी छ ।

एन्फाका पदाधिकारी र जिल्ला संघहरुले विभिन्न कार्यक्रममा लिएको बजेट फछ्र्यौट नगर्दा समस्या भएको एन्फा स्रोत बताउँछ ।

पेश्की फछ्र्यौट गराउनै समस्या: एन्फा स्रोत

जिल्ला संघ र स्वर्गीय भइसकेका व्यक्तिहरुको नाममा रहेको पेश्की फछ्र्यौट गर्न समस्या भएको एन्फा स्रोतले बताएको छ ।

फछ्र्यौटलाई प्राथमिकता दिएका छौं ।

कतिपय जिल्ला संघ भनेर मात्रै तोक्ता अहिले त्यसमा संघ मात्रै भएको छ ।

त्यतिबेलाका पदाधिकारी अहिले परिवर्तन भइसकेका छन्, ’ एन्फा स्रोतले भन्यो, ।

‘कति व्याक्तिहरु मृत्युवरण भैसकेका छन् ।

त्यस्तो अवस्थामा कसरी फछ्र्यौट गराउने ।’

जिल्ला संघमा कार्यसमिति परिवर्तन भएपछि  नयाँ कार्यसमितिले जिम्मा नलिइ दिँदा समस्या भइरहेको एन्फा स्रोतले बताएको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%b2%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%aa%e0%a4%be-%e0%a4%a1%e0%a5%87%e0%a4%b2-%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...