नेपाली कांग्रेसले सरकार विरुद्ध माघ ३० गते देशैभर प्रदर्शन गर्ने
वि.सं.२०७७ माघ १३ मंगलवार १९:००
1.5K
sharesकाठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न कार्यक्रम घोषणा गरेको छ ।
आज पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समितिको वैठकअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफल अनुसार कांग्रेसले सरकार बिरुद्ध तीन दिन प्रदर्शन गर्ने भएको हो ।
कांग्रेसले माघ १९ मा भ्रातृ संगठन, २४ मा शुभेच्छुक संघसंस्था र माघ ३० गते देशभर प्रदर्शन गर्ने भएको हो । देउवा र पौडेलबीच आन्दोलनको कार्यक्रममा सहमति भएपछि अहिले केन्द्रीय कार्य समितिको बैठक जारी छ ।
वि.सं.२०७७ माघ १३ मंगलवार १९:००




















