प्रयास गर्नुभएको खन्डमा आज भाग्यले साथ दिनेछ । कुनै काम गर्न मन लाग्ने वा गरेको कार्यमा सफल भइने । अस्वस्थ हुनुहून्छ भने स्वास्थयमा सुधार आउन थाल्नेछ, आज अरुले तँपाइलाई बुझनेछन वा तँपाइको कदर गर्नेछन्, आर्थिक पक्षमा सुधार देखापर्ने, आज कुनै भौतिक सामाग्री प्राप्त हुने वा खरीद हुने योग छ, नजिकका व्यक्तिहरुबाट सुख पाइने वा उनीहरुसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने । यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको लागि समय राम्रो छ । लगानीलाइ आज दिन ठिक छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय प्रतिकुल छ, मानसिक तनाव हुने, कार्यहरुमा बाधा आउन थाल्ने, मानसम्मानमा कमी, धनको नोक्सानी, आँखामा समस्या वा अन्य रोगव्याधिले सताउने, खानपानमा समस्या देखापर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्नसक्छ । पढाइमा मन नलाग्ने ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन राम्रो छ । भाग्यले साथ दिने, पारिवारिक तथा घरायसी सुख प्राप्ति, पराक्रममा वृद्धि, खर्चमा कमि आउने, रोगव्याधिबाट मुक्ति प्राप्त हुने । सकारात्मक विचार र उत्साहले मनोबल बढने । मिष्ठान भोजन प्राप्ति, अविवाहितहरुकोलाई विवाह सम्बन्धि कुरा आउनसक्ने, दाम्पत्य जीवन सुमधुर रहने, शारिरिक सुखमा ध्यान जाने, व्यापारव्यवसायमा नयाँ सकारात्मक परिवर्तन हुनसक्ने, मुद्दा मामिलाको झंझटबाट राहत मिल्ने, कसैकसैलाई घरबाट टाढा बाहिर भ्रमणमा जानुपर्ने अवस्था पनि आउनसक्छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय प्रतिकूल छ । आँट कमजोर हुनसक्ने । आलस्य बढने । खर्चमा वृद्धि । शत्रुले दुःख दिने, शोक पर्ने, कानूनी झमेला लाग्न सक्ने, संक्रामक रोगको चपेटामा परिने, शारिरिक कष्ट, आँखामा समस्या, धनको नोक्सानी, मानसम्मानमा कमी, सन्तान पक्षबाट तनाव, मानसिक चिन्ता र अवसादको स्थिति आउनसक्छ घमन्डी हुन मन लाग्ने वा जिद्दी हुन मन लाग्ने, विद्यार्थिवर्गको लागि वैदेशिक विषयको पढाइको लागि दिन शुभ छ । प्रतियोगिता परीक्षा लागि पनि समय राम्रो रहनेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन शुभ रहनेछ । आयमा वृद्धि । व्यापारमा पर्याप्त लाभ, कर्मक्षेत्रमा जस पाइने, मान सम्मान, किर्ति यश प्राप्त हुने, चिताएको फल पाउने बलियो सम्भावना छ । सरकारी काममा सफलता, सन्तानको तर्फबाट खुशी अथवा शुभ समाचार प्राप्त हुनसक्छ । धनलाभ, मित्र भेट अथवा मित्र सहयोग पाइने, उत्तम खानपान, दिनभर खुशी र रमाइलोमा समय बित्नसक्छ । विद्यार्थीहरुलाई समय राम्रो रहनेछ । अविवाहितहरुले आफनो प्रेमको अभिव्यक्ति गर्नलाइ आजको दिन शुभ छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय राम्रो छ । भाग्यले साथ दिने, चिताएको पुग्ने, कार्यस्थलमा सफलता मिल्नेछ, उत्तम स्वास्थ्य, आफूले मान्नुपर्नेहरु रिझिने अवस्था आउने छ । पारिवारिक तथा घरायसी सुख मिल्ने दिन छ । नयाँ जिम्मेवारी वा थप कार्य बोझ लिनुपर्ने पनि अवस्था आउनसक्छ । समग्रमा दिन शुभ रहनेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय प्रतिकूल रहन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्ने । चाहिएको बेला ग्रहले साथ नदिन सक्छ, सरकारी झंझट र बाधा हुने वा कानूनी कुरामा अलमलिनुपर्ने हुनसक्छ, सन्तानको स्वास्थय ख्याल गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न, बिशेषतः छाती, पेटमा समस्या आउनसक्ने, चिन्ता, कलह, आर्थिक नोक्सान, विवाद र झगडा आदिबाट भने आज बच्नुपर्नेछ । अप्रत्यासित घटनाहरु हुनसक्ने सम्भावना भएकोले सावधान रहनुहोला । लगानीको लागिे आज दिन राम्रो छैन ।
वृश्चिक राशीलाई सावधानी अपनाउनुपर्ने दिन छ । भय, कष्ट, रोगको समय चलेको छ । जे पनि कुटाइममा हुनसक्ला, खानपानको समस्या, अपच हुनु, सास फेर्न समस्या आउनु, छातिमा समस्या, कोरोनाको संक्रमणबाट जोगिनुहोला । चिन्ता कलह, धनहानी, अचानक नसोचेको घटना घटने आदि जस्ता अनिष्ट फल देखा पर्नसक्छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशी हुनेहरुको लागि दिन राम्रो छ । दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको योग, स्वागत सत्कारमा सरीक भइने, उत्तम भोजन, धनलाभ, रोकिएको कार्य बन्नुको साथै शत्रुहरु पराजित हुनेछन । विद्यार्थीवर्गहरुलाइ परिक्षा प्रतियोगीतामा राम्रो हुने । व्यापारव्यवसायमा लाभ । नयाँ कार्यमा लगानीको लागि समय राम्रो छ । प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोगविलास र मनोरन्जनमा समय बित्नेछ । सन्तान पक्षको विशेष ख्याल गर्नुपर्नेछ । खराब कर्मबाट भने जोगिनु पर्दछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशीवालाहरुको लागि समय राम्रो छ । आनन्दमय शुरुवात हुनेछ, धन लाभ हुने, आरोग्यता प्राप्ति हुने, कार्यक्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शत्रू पराजित हुने, मानसम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । कसैकसैको महिलाहरुसँगको सम्पर्क बढन जानेछ । विद्यार्थीहरुलाइ समय राम्रो हुनेछ, खर्चमा भने अलि नियन्त्रण राख्नुहोला ।
दिन अनुकुल छैन । यात्रामा कष्ट तथा दुर्घटनाको संभावना, कार्यक्षेत्रमा असफलता, मन अशान्त हुने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, स्वास्थ्यको ख्याल गर्नुपर्ने अवस्था आउनसक्छ । सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्टपर्ने योग देखिएको छ । प्रेमसम्बन्धमा असमझदारी बढन सक्ने, निर्णय क्षमतामा ह्रास आउने, विद्यार्थीहरुको लागि दिन प्रतिकुल छ । व्यवसायमा गतिरोध भएकोले आज कुनै लगानी नगर्नुहोला ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिकूल समय छ । आफन्तहरुसँग विवाद, सम्पत्ति सम्बन्धि विवाद, मन चंचल रहने, छातीमा कष्ट, पीडा, धनहानी, मानसिक सन्ताप पर्ने, जल तथा स्त्रिजातिबाट भय वा समस्या, व्यवसाय गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ समय अशुभ छ । कुनैपनि नयाँ सामान वा सवारीसाधन आदि खरीद नगर्दा राम्रो । गृहकलहबाट जोगिनु राम्रो । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, समयमै खानपान नहुने, निद्रामा बाधा आउने तथा चिसोजन्य रोगबाट बच्नुहोला ।