YouTube Link

विदेशी लगानी प्रतिवद्धता करिब १५ प्रतिशतभन्दा बढीले घट्यो

Facebook Link

काठमाडौं:  सरकारले मुलुकमा लगानीको वातावरण बनेको दाबी गरिरहँदा विदेशी लगानी प्रतिवद्धता भने घटेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लगानी प्रतिवद्धता करिब १५ प्रतिशतभन्दा बढीले घटेको हो ।

चालू आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा २३ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । गत वर्ष यही अवधिमा २७ अर्ब ६८ करोड लगानी प्रतिवद्धता आएको थियो ।

चालु आर्थिक वर्षको मंसिरसम्म विदेशी लगानी प्रतिवद्धता २१ अर्ब ११ करोडमा सीमित भएको छ । मंसिरसम्म भएको विदेशी लगानी प्रतिवद्धता गत आवको तुलनामा २२.९ प्रतिशत र  उद्योग दर्ता २५ प्रतिशतले कम हो ।

गएको आवको पहिलो ५ महिनासम्म १४४ वटा उद्योगमा कुल २७ अर्ब ३८ करोड २० लाख लगानी भएको थियो । समीक्षा अवधिमा सो लगानी घटेर २१ अर्ब ११ करोड ५० लाख सीमित भएको छ भने उद्योगको संख्या पनि घटेर १०८ मा सीमित भएको छ ।

नेपालमा जलविद्युत्, पूर्वाधार (द्रुत मार्ग, रेलवे, टनेल, केवल कार, मेट्रो रेल, फ्लाइओभर, विमानस्थल), कृषि तथा बनजन्य उद्योग, सेवामूलक क्षेत्र, पर्यटन उद्योगमा विदेशी लगानीलाई प्राथमिकता दिएको छ ।

औद्योगिक व्यवसाय ऐन–२०७५ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएका मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका ठूला उद्योग भनेर विभागले दर्ता गर्छ ।

सरकारले वैदेशिक लगानी आकर्षित गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नियमावली २०७७ कार्यान्वयनमा ल्याएको छ । यसमा भएको केही सुविधाले लगानीकर्ता आकर्षित हुन सक्ने सरकारी पक्षको विश्वास छ ।

आर्थिक २०७३/७४ मंसिरसम्म ३ अर्ब ९९ करोड ८० लाख रहेकोमा अहिले बढेर २१ अर्ब ११ करोड पुगेको छ । त्यसको पछिल्लो वर्ष २०७४/७५ मा बढेर १३ अर्ब १४ करोड लगानी प्रतिवद्धता भएको थियो । विगत ५ वर्षको विदेशी लगानीको प्रतिवद्धतालाई हेर्ने हो भने लगानीमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ ।  गत आवमा सो लगानी बढेपनि अहिले लगानी घट्यो ।

यो पनि पढ्नुहोस् :

सरकारले राष्ट्रिय जनगणनाको लागि ४८ हजार कर्मचारी भर्ना गर्ने

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वरुप परिवर्तन गरी अशान्ति मच्चाउने ४ सय ५ बुलेटलगायतका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही

स्वरुप परिवर्तन गरी अशान्ति मच्चाउने ४ सय ५ बुलेटलगायतका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही

वि.सं.२०८३ मंसिर १ मंगलवार १४:१०

काठमाडौं: स्वरुप परिवर्तन गरेर सडक र समाजलाई अशान्त पार्ने बुलेटलगायतका...

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...