YouTube Link

नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा विनोध चौधरीको प्रवेश

Facebook Link

काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा विनोध चौधरीले श्रीमती सारिका चौधरीको नाममा करिब १० लाख कित्ता सेयर किनेका छन् । विनोध चौधरी नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रवेश गरेका हुन् ।

नविल बैंक र एनसीसी मर्जरको तयारीमा रहेको समाचारहरु प्रकाशित भईरहेको बेलामा चौधरीले ठूलो मात्रामा सेयर किनेका एनसीसी बैंक सम्बद्ध स्रोतले बतायो ।

नविल बैंकमा चौधरीको स्वामित्वमा रहेको एनबी इन्टरनेशनलको नाममा नविल बैंकमा ५० प्रतिशत सेयर रहेको छ भने सारिका, छोरा  निर्माण चौधरी सहित परिवार सदस्यको नाममा थप करिब ३ प्रतिशत सेयर रहेको छ ।

सारिका चौधरीको नाममा १० लाख कित्ता सेयर देखिएको र उनले बुक क्लोज हुनुभन्दा एक साता अगाडिको उक्त सेयर किनेको बैंक स्रोतले जनाएको छ । चौधरीको कम्तिमा ३५ करोड रुपैयाँ एनसीसी बैंकको सेयरमा लगानी गरेको देखिन्छ ।

साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस २१ गते बुक्क क्लोज गरेको थियो । चौधरीले सेयर किन्दाको समयमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३१२ देखि ३६४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

चौधरीले सेयर किनेपछि एनसीसी बैंकमा हलचल मच्चिएको छ । ‘चौधरीले अहिलेसम्म एनसीसी बैंकको सेयर किनेका थिएनन्, पहिलो पटक उनले किनेका छन् । यसले बैंकभित्र नयाँ तरङ्ग पैदा भएको  बैंक सम्बद्ध उच्च स्रोतले जनाएको छ ।

एनसीसी बैंक नविलमा मर्ज गराउन शुरुमा लक्ष्मी बहादुर श्रेष्ठले पहल गरेको र एनसीसीको सेयर किनाउन निर्मल प्रधानको भूमिका रहेको बैंकका ठूला सेयरधनी बताउँछन् । विनोध चौधरीले श्रीमतीको नाममा करिब १० लाख कित्ता र अरुको नाममा करिव ८ लाख कित्ता सेयर किनेको आशंका गरिएको एक लगानीकर्ताले बताए ।

चौधरीको प्रवेशअघि बैंक सञ्चालक समितिमा को को जाने भन्नेमा चर्को प्रतिस्पर्धाको वतावरण रहेको तर चौधरीले सेयर किनेको देखिएपछि एकाएक बैंक सञ्चालक समिति चयनमा सर्वसहमतिको वातावरण बनेको स्रोतले बतायो ।

यो पनि पढ्नुहोस् :

भन्सार विभागले माघ १३ गतेदेखि एकद्वार प्रणाली लागू गर्ने

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...