YouTube Link

नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा विनोध चौधरीको प्रवेश

Facebook Link

काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा विनोध चौधरीले श्रीमती सारिका चौधरीको नाममा करिब १० लाख कित्ता सेयर किनेका छन् । विनोध चौधरी नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रवेश गरेका हुन् ।

नविल बैंक र एनसीसी मर्जरको तयारीमा रहेको समाचारहरु प्रकाशित भईरहेको बेलामा चौधरीले ठूलो मात्रामा सेयर किनेका एनसीसी बैंक सम्बद्ध स्रोतले बतायो ।

नविल बैंकमा चौधरीको स्वामित्वमा रहेको एनबी इन्टरनेशनलको नाममा नविल बैंकमा ५० प्रतिशत सेयर रहेको छ भने सारिका, छोरा  निर्माण चौधरी सहित परिवार सदस्यको नाममा थप करिब ३ प्रतिशत सेयर रहेको छ ।

सारिका चौधरीको नाममा १० लाख कित्ता सेयर देखिएको र उनले बुक क्लोज हुनुभन्दा एक साता अगाडिको उक्त सेयर किनेको बैंक स्रोतले जनाएको छ । चौधरीको कम्तिमा ३५ करोड रुपैयाँ एनसीसी बैंकको सेयरमा लगानी गरेको देखिन्छ ।

साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस २१ गते बुक्क क्लोज गरेको थियो । चौधरीले सेयर किन्दाको समयमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३१२ देखि ३६४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

चौधरीले सेयर किनेपछि एनसीसी बैंकमा हलचल मच्चिएको छ । ‘चौधरीले अहिलेसम्म एनसीसी बैंकको सेयर किनेका थिएनन्, पहिलो पटक उनले किनेका छन् । यसले बैंकभित्र नयाँ तरङ्ग पैदा भएको  बैंक सम्बद्ध उच्च स्रोतले जनाएको छ ।

एनसीसी बैंक नविलमा मर्ज गराउन शुरुमा लक्ष्मी बहादुर श्रेष्ठले पहल गरेको र एनसीसीको सेयर किनाउन निर्मल प्रधानको भूमिका रहेको बैंकका ठूला सेयरधनी बताउँछन् । विनोध चौधरीले श्रीमतीको नाममा करिब १० लाख कित्ता र अरुको नाममा करिव ८ लाख कित्ता सेयर किनेको आशंका गरिएको एक लगानीकर्ताले बताए ।

चौधरीको प्रवेशअघि बैंक सञ्चालक समितिमा को को जाने भन्नेमा चर्को प्रतिस्पर्धाको वतावरण रहेको तर चौधरीले सेयर किनेको देखिएपछि एकाएक बैंक सञ्चालक समिति चयनमा सर्वसहमतिको वातावरण बनेको स्रोतले बतायो ।

यो पनि पढ्नुहोस् :

भन्सार विभागले माघ १३ गतेदेखि एकद्वार प्रणाली लागू गर्ने

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...