YouTube Link

भन्सार विभागले माघ १३ गतेदेखि एकद्वार प्रणाली लागू गर्ने

Facebook Link

काठमाडौं: भन्सार विभागले माघ १३ गतेदेखि एकद्वार प्रणाली लागू गर्ने भएको छ । विभागले भन्सार दिवसको अवसर पारेर सो प्रणाली लागू गर्न लागेको हो ।

विभागले माघ ७ गतेदेखि १३ गतेसम्म भन्सार सम्बन्धि विभिन्न कार्यक्रम तथा गतिविधि गरेर भन्सार सप्ताह मनाउँदै छ । आइतबार कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको तीन वटा विभागसँग एकद्वार प्रणाली लागू गर्ने सम्बन्धमा सम्झौता गर्न लगेको विभागले जनाएको छ ।

विभागले आइतबार कृषि विभाग, पशुसेवा विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग सम्झौता गर्दैछ । भन्सार सप्ताहकैबीच अर्थ, कृषि र उद्योगमन्त्रीलाई राखेर यस सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिसकेको र एक द्वारा प्रणाली कार्यान्वयनको लागि यो प्रक्रिया अघि बढाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रको सेवा एकै प्रणालीमार्फत प्रदान गरिने प्रणाली कार्यान्वयनबारे भन्सार विभागले अर्थ, उद्योग र कृषि मन्त्रीलाई ब्रिफिङ गरिसकेको छ ।

आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्न लागिएको हो । एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुने छ । व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गर्न लागिएको हो ।

नेपालमा आयात हुने खाद्यान्न तथा औषधि, अरु उपकारण लगायतका मालवस्तुहरूले मानव जीवनमा प्रतिकूल असर पुर्याउन सक्छ वा हानी नोक्सानी पुर्याउँछ त्यस्ता वस्तुको गुणस्तर मापन गर्नुपर्ने हुन्छ । यस्तो वस्तुको भेरिफिकेशन गरेर लाइफ टाइम प्रमिट सर्टिफिकेट दिनुपर्ने हुन्छ ।

ती आयात हुने मालवस्तुको करिब ९० प्रतिशत कृषि, पशुसेवा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हिस्सा रहन्छ । त्यसकारण यी तीन विभागमा एकद्वार प्रणाली लागू भएमा ठूलो परिवर्तन ल्याउँछ ।

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार भन्सार सम्बन्धि अन्तक्रिया कार्यक्रम गर्दैछ । राष्ट्रिय व्यापार संघले आइतबार न्यूरोडमा कार्यक्रम गर्दैछ । सोमबार नेपाल उद्योग परिसंघले निकाशी प्रवद्र्धन सम्बन्धी अन्तक्रिया गर्दैछ । सोमबार नेपाल चेम्बर अफ कमर्शले एलिट ब्यांकेटमा अर्थमन्त्री सहितको अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

यो पनि पढ्नुहोस् :

नेपाल बैंकले आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...