YouTube Link

भन्सार विभागले माघ १३ गतेदेखि एकद्वार प्रणाली लागू गर्ने

Facebook Link

काठमाडौं: भन्सार विभागले माघ १३ गतेदेखि एकद्वार प्रणाली लागू गर्ने भएको छ । विभागले भन्सार दिवसको अवसर पारेर सो प्रणाली लागू गर्न लागेको हो ।

विभागले माघ ७ गतेदेखि १३ गतेसम्म भन्सार सम्बन्धि विभिन्न कार्यक्रम तथा गतिविधि गरेर भन्सार सप्ताह मनाउँदै छ । आइतबार कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको तीन वटा विभागसँग एकद्वार प्रणाली लागू गर्ने सम्बन्धमा सम्झौता गर्न लगेको विभागले जनाएको छ ।

विभागले आइतबार कृषि विभाग, पशुसेवा विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग सम्झौता गर्दैछ । भन्सार सप्ताहकैबीच अर्थ, कृषि र उद्योगमन्त्रीलाई राखेर यस सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिसकेको र एक द्वारा प्रणाली कार्यान्वयनको लागि यो प्रक्रिया अघि बढाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रको सेवा एकै प्रणालीमार्फत प्रदान गरिने प्रणाली कार्यान्वयनबारे भन्सार विभागले अर्थ, उद्योग र कृषि मन्त्रीलाई ब्रिफिङ गरिसकेको छ ।

आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्न लागिएको हो । एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुने छ । व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गर्न लागिएको हो ।

नेपालमा आयात हुने खाद्यान्न तथा औषधि, अरु उपकारण लगायतका मालवस्तुहरूले मानव जीवनमा प्रतिकूल असर पुर्याउन सक्छ वा हानी नोक्सानी पुर्याउँछ त्यस्ता वस्तुको गुणस्तर मापन गर्नुपर्ने हुन्छ । यस्तो वस्तुको भेरिफिकेशन गरेर लाइफ टाइम प्रमिट सर्टिफिकेट दिनुपर्ने हुन्छ ।

ती आयात हुने मालवस्तुको करिब ९० प्रतिशत कृषि, पशुसेवा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हिस्सा रहन्छ । त्यसकारण यी तीन विभागमा एकद्वार प्रणाली लागू भएमा ठूलो परिवर्तन ल्याउँछ ।

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार भन्सार सम्बन्धि अन्तक्रिया कार्यक्रम गर्दैछ । राष्ट्रिय व्यापार संघले आइतबार न्यूरोडमा कार्यक्रम गर्दैछ । सोमबार नेपाल उद्योग परिसंघले निकाशी प्रवद्र्धन सम्बन्धी अन्तक्रिया गर्दैछ । सोमबार नेपाल चेम्बर अफ कमर्शले एलिट ब्यांकेटमा अर्थमन्त्री सहितको अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

यो पनि पढ्नुहोस् :

नेपाल बैंकले आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...