YouTube Link

खेलाडी उत्पादन गर्ने लक्ष्यसहित ब्याडमिनटन एकेडेमीको घोषणा

Facebook Link

काठमाडौं : ब्याडमिन्टन उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को औपचारिक घोषणा भएको छ ।

६ महिना अघि नै सुरु भएको केबीएको सन् २०२१ को पहिलो दिन पारेर शुक्रबार एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

राष्ट्रिय प्रतियोगितामा तीनपल्ट च्याम्पियन रहिसकेका रीता अधिकारी विष्टको अध्यक्षतामा केबीए स्थापना भएको हो ।

विष्ट २०३१, ०३२ र ०३४ सालमा च्याम्पियन बनेकी थिइन् ।

त्यस्तै २०३७, ०३९ र ०४० सालकी राष्ट्रिय च्याम्पियन शान्ति मानन्धर केबीएको संस्थापक सदस्य रहेकी छिन् ।

उनले पनि प्रशिक्षकको रुपमा काम गर्ने केबीएले जनाएको छ ।

यस्तै केबीएको सचिवमा ब्याडमिन्टन एसियाका अम्पायर दीपक थापा छन् ।

काठमाडौं जिल्ला ब्याडमिन्टन संघको अध्यक्षसमेत थापाले रियो ओलम्पिक २०१६ मा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

केबीएको परिकल्पना गरेका थापाले एकेडेमीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समन्वय गर्ने बताइएको छ ।

एकेडेमीका उपाध्यक्ष रुपक राजवंशी र कोषाध्यक्ष मनोज श्रेष्ठ छन् ।गैर नाफामूलक संस्थाको हैसियतमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै नेपालको नाम उच्च पार्न सक्ने खालको खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको पनि केबीएले जनाएको छ ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, केबीएका अध्यक्ष रीता विष्ट र सचिव थापाले शुक्रबारै केबीएको टिसर्ट सार्वजनिक गरेका थिए ।

केबीएले ट्रेनिङ हलको लागि ललितपुरको नख्खुमा रहेको बुल्स इन्डोर स्पोर्ट्स हलसंग दुई वर्षे सम्झौता गरेको छ । सम्झौता–पत्रमा केबीएका थापा र बुल्स इन्डोर स्पोर्टस् हलका सिओओ करण पुनले हस्ताक्षर गरे ।

केबीएको मुख्य प्रशिक्षकका पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका रुपमा बालकृष्ण थापा छन् ।

उनले ओलम्पिक सोलिडारिटी कवर्स गरेको र प्रशिक्षकको रुपमा २० वर्षयता सक्रिय छन् ।

यस्तै अर्को प्रशिक्षक पुरुषोत्तम ढकाल छन् ।

पूर्व राष्ट्रिय खेलाडी रहेका ढकालले बिडब्लुएफ लेवल १ गरेका प्रशिक्षक हुन् ।

उनी एक दशकदेखि प्रशिक्षकका रुपमा कार्यरत छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a5%87%e0%a4%9f-%e0%a4%9f%e0%a4%bf%e0%a4%ae%e0%a4%95%e0%a4%be/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...