प्रशिक्षक लामाको चाहना नवौ राष्ट्रिय खेलकुदमा स्वर्ण जिताउने
वि.सं.२०७७ पुस १६ बिहीवार १४:३६
1.8K
shares
प्रदेश नं १: सुनसरी धरान पूर्वको एक चर्चित र आकर्षक शहर हो । जहाँ खेलकुदमा निकै चहल पहल हुने गर्दछ । प्रशिक्षक लामाको चाहना नवौ राष्ट्रिय खेलकुदमा स्वर्ण जिताउने रहेको छ ।
धरानमा कराँते खेलकोे निकै क्रेज रहेको छ । यहाँका विद्यालयहरुमा पनि कराँते खेल बढी रुचाएको देखिन्छ ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं १को कराँतेमा उच्चा प्रर्दशन देख्न सकिन्छ ।
जहाँ अनुभवि प्रशिक्षकहरु छन । टिम कातामा धरानको टिम निकै अनुभवि र अनुशासित रहेको पाईन्छ ।
धरान रंगशाला डोजोका प्रशिक्षक किरण लामा कुशल, अनुभवि काता प्रशिक्षका हुनुहुन्छ ।
धरानको टिम कातामा निकै अनुभवि खेलाडी आषेश लुङ्गेलि मागर,रोहित राई र विवेक राई छन ।

प्रशिक्ष लामाले दैनिक कुमिते र काता दुवै विधालाई कडा प्रशिक्षण गराउनु हुन्छ ।
कोभिड–१९ले थिलथिलाएको खेलकुद गण्डकी प्रदेशमा अयोजना हुने नवौं बृहत राष्ट्रिय खेलकुदले झकझकाएको धरानका कराँते खेलाडीहरुको भनाइ रहेको छ ।
प्रशिक्षक लामा आफै नियमित दुई घण्टा काता अभ्यास गर्नु हुन्छ । काता मात्र नभएर उहाँले कुमिते पनि टेक्निकल ढंगबाट अभ्यास दिलाउनु हुन्छ ।

यो पनि पढ्नु होस्
वि.सं.२०७७ पुस १६ बिहीवार १४:३६



















