YouTube Link

पाकिस्तान विरुद्धको पहिलो टेष्ट न्युजिल्याण्ड १०१ रनले विजयी

Facebook Link

एजेन्सि: घरेलु टोली न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टेष्ट १०१ रनले जितेको छ ।

 

न्युजिल्याण्डले दिएको ३७३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पाकिस्तानले दोस्रो इनिङ्समा अलआउट हुँदै २७१ रन बनाएपछि न्युजिल्याण्ड विजयी भएको हो ।

 

जितपछि न्यजिल्याण्डले दुई खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

 

यस्तै टेष्ट वरीयताको शीर्ष स्थानमा रहेको अष्ट्रेलियालसँग पनि न्यजिल्याण्डले दूरी घटाएको छ ।

 

पाकिस्तान विरुद्ध सिरिज जिते शीर्ष स्थानमा उक्लने आईसीसीले जनाएको छ ।

 

फवाद आलमले शतक र विकेटकिपर कप्तान मोहम्मद रिजवानले अर्धसतक प्रहार गरेपनि पाकिस्तानलाई हारबाट जोगाउन सकेनन् ।

 

फवाद आमले १०२ रन बनाए भने रिजवानले ६० रन जोडे ।

 

पाकिस्तानले ७१/३ बाट पाँचौ तथा अन्तिम दिनको खेल अघि बढाएको थियो ।

 

अजर अली ३४ र फवाद २१ ले इनिङ्स अघि बढाएका थिए ।

 

खेलमा हार टार्नका लागि पनि पाकिस्तानले कम्तीमा दिनभर ब्याटिङ गर्नुपर्ने थियो ।

 

तर न्युजिल्याण्डका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले अन्तिम दिन ७ विकेट गुमायो र २०० रन मात्र थप्न सक्यो ।

 

फवाद र रिजावन क्रिजमा रहँदा सम्म पाकिस्तान उत्कृष्ट लयमा थियो ।

 

तर यी दुईको विकेट गुएपछि पाकिस्तानी इनिङ्स धरासयी बन्यो ।

 

अन्तिम दिन अजर अली थप ४ रन जोड्दै व्यक्तिगत ३८ रन बनाएर आउट भए ।

 

त्यसपछि कप्तान रिजवा ६० रन बनाएर आउट भए भने फवादले १०२ रन जोडेर आउट भए ।

 

त्यसपछि फहिम अस्रफ १९ रनमा आउट हुँदा मोहम्म अब्बास र नसिम शाह समान १ रनमा आउट भए भने यासिर शाहले खाता खोल्न सकेनन् ।

 

शाहिन अफ्रिदी ८ रनमा अविजित रहे ।

 

अन्तिम दिन न्युजिल्याण्डका लागि निल वाग्नर, केल जेमिसन र मिचेल सान्टनरले २-२ विकेट लिए ।

 

यस्तै अजर अलीको विकेट लिएका ट्रेन्ट बोल्टले पनि समग्रमा २ विकेट लिए ।

 

टिम साउदीले चौथो दिनमै विकेट लिएका थिए ।

 

माउन्ट माउनगानुईस्थित बे ओभलमा टस हारेर पहिले ब्याटिङ गरेर न्युजिल्याण्डले पहिलो इनिङ्समा कप्तान केन विलियमसनको सतक मद्दतमा ४३१ रन बनाएको थियो ।

 

यस्तै पाकिस्तानले पहिलो इनिङ्समा फहिम अस्रफको ९१ रन मद्दतमा २३९ रन बनाएको थियो ।

 

न्युजिल्याण्डले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर १८० रन बनाउँदै इनिङ्स डिक्लेयर गरेको थियो ।

 

न्युजिल्याण्डका कप्तान विलियमसन म्यान अफ दि म्याच घोषित भए ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...