यस वर्षको एसईई परीक्षा आगामी जेठमा हुने, रजिस्ट्रेसन फाराम खुल्यो
वि.सं.२०७७ पुस १५ बुधवार १३:४१
2K
shares
काठमाडौं: यस वर्षको एसईई परीक्षा आगामी जेठमा हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताएका छन् ।
‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनले भने, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर जान सक्छ ।’
कोरोना भाइरसका कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनुपर्ने अध्यक्ष पौडेलले बताए ।
एसईई २०७७ मा सहभागी हुनका लागि बोर्डले आवेदन आह्वान गरेको छ ।
परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।
सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ ।
रजिस्ट्रेसन शुल्क प्रति विद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
र यो पनि…
१८ बुँदे माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मी र सरकारबीच वार्ता हुँदै
पाथीभरा जङ्गलमा आगो लागेपछि दुर्लभ वन्यजन्तु रेडपाण्डा सङ्कटमा
स्पानिस क्लब बार्सिलोन आइबरसाँग हारबाट जोगियो
प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लियो
वि.सं.२०७७ पुस १५ बुधवार १३:४१




















