YouTube Link

अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत ८ विकेटले विजयी

World Cup 2026
Facebook Link

काठमाण्डौ: अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत विजयी भएको छ । अस्ट्रेलियाले दिएको ७० रनको लक्ष्य भारतले दुई विकेटको क्षतिमा भेट्टाएको हो ।

 

भारतका लागि मयङ्क अग्रवाल पाँच र चेतेश्वर पुजारा तीन रनमा आउट भए भने शुभमन गिल ३५ र अजिन्क्या रहाणे २७ रनमा नटआउट रहे । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कुमिन्सले एक–एक विकेट लिए ।

 

दोस्रो पारीमा अस्ट्रेलिया दुई सय रनमा अलआउट भएको हो । उसका लागि क्यामरन ग्रीनले ४५ र म्याथ्यु वेडले ४० रन बनाएका थिए । बलिङतर्फ भारतका लागि मोहम्मद सिराजले तीन विकेट लिँदा जसप्रित बुमराह, रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले समान दुई–दुई विकेट तथा उमेश यादवले एक विकेट लिएका थिए ।

 

अस्ट्रेलियाले पहिरो पारीमा एक सय ९५ रन बनाएको थियो । उसका लागि मार्नुस लाबुशानेले ४८, ट्राभिस हेडले ३८ र म्याथ्यु वेडले ३० रन बनाएका थिए । बलिङतर्फ भारतका लागि जसप्रित बुमराहले चार, रविचन्द्रन अश्विनले तीन, मोहम्मद सिराजले दुई तथा रविन्द्र जडेजाले एक विकेट लिएका थिए ।

 

भारतले भने पहिलो पारीमा तीन सय २६ रन बनाएको थियो । उसका लागि अजिन्क्या रहाणेले एक सय १२ रन बनाएका थिए । साथै रविन्द्र जडेजाले ५७ र शुभमन गिलले ४५ रनको योगदान गरेका थिए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र नाथन लियनले तीन–तीन विकेट लिए भने प्याट कुमिन्सले दुई र जोश हेजलवूडले एक विकेट लिए ।

 

भारतले दोस्रो टेस्ट जितेसँगै चार खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ । पहिलो टेस्टमा अस्ट्रेलिया आठ विकेटले विजयी भएको थियो ।

 

यो पनि पढ्नु होस्

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

वि.सं.२०८३ जेठ १२ मंगलवार १२:१०

काठमाडौं: नागरिकसँग सधैं नजिक रहेर सेना-नागरिक सुमधुर सम्बन्ध कायम राखिराख्ने...

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...