YouTube Link

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई सम्मेलनमा नेपाली भाषामै सम्बोधन

World Cup 2026
Facebook Link

काठमाडौं: चीनको बेइजिङमा भएको बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई सम्मेलनमा नेपाली भाषामै सम्बोधन गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड एक उज्ज्वल साझा भविष्य निर्माणको आधार रहेको बताएकी हुन् ।

बीआरआइले कनेक्टिभिटीको प्रबर्द्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवं बाहिरका देशहरुमाझ विभिन्न क्षेत्रहरुमा सहयोगको अभिवृद्धिमा जोड दिएकोले एकाङ्कीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रबर्द्धन गर्ने धारणा उनले व्यक्त गरिन् ।

बढ्दो कन्क्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरहरुको ढोका खुल्ने धारणा राष्ट्रपति भण्डारीले सम्बोधनमा व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीसँगको दुईपक्षीय भेट र राउन्ड टेबलमा सहभागी हुने कार्यक्रम छ । यसले भ्रमणको महत्व बढेको अधिकारीहरूले बताएका छन् । दुई देशका राष्ट्रप्रमुखबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय सहकार्यमा छलफल हुनेछ । राष्ट्रपतिद्वयको उपस्थितिमा यातायात तथा पारवहन सम्बन्धी प्रोटोकल र अन्य समझदारी हुनेछ ।

शिखर सम्मेलन अघिल्लो दिन नै आरम्भ भएपनि बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको थियो । राष्ट्रपति सि जिङपिङले बेल्ट एण्ड रोडले विश्वको आर्थिक विकासमा नयाँ आयाम थपेको बताए । आपसी हितयुक्त, साझा विकास नै बेल्ट एण्ड रोड प्रस्तावको संयुक्त निर्माणको लक्ष्य रहेको जनाएका उनले चीनको आर्थिक खुलापनले विकासलाई नयाँ संभवाना दिलाएको बताए ।

चीनले अघिसारेको बिआरआइले अन्तर्राष्ट्रिय व्यापार तथा लगानीका लागि नयाँ अवसर सिर्जना गरेको र यसले सबै देशका जनताको समृद्धिका लागि सहयोग पुगेको भन्दै उनले बिआरआईमा सहभागि देशबाट वस्तु तथा सेवाआयात बढाउन आयात कर घटाउँदै लगिने बताए । ६ वर्षअघि चिनियाँ राष्ट्रपति सिले प्रस्ताव गरेको बिआरआईमा हालसम्म १ सय २६ देश तथा २९ अन्तर्राष्ट्रिय संघ संस्था आवद्ध भएका छन् । १२ विषयगत छलफल हुने बिआरआइको बेइजिङ सम्मेलनमा नेपालसहित आवद्ध देश तथा ९० अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...