YouTube Link

इसाई धर्मावलम्बीहरुले आज क्रिसमस मनाउँदै

Facebook Link

काठमाडौं: इसाई धर्मावलम्बीहरूको आज क्रिसमस दिवस भव्य रुपमा मनाउँदैछन् ।

ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

क्रिसमसका अवसरमा नेपालमा पनि काठमाडौं, पोखरा, धरान लगायतका पर्यटकीय शहरमा छुट्टै रौनक हुने गरेको छ ।

इसाई धर्म अनुयायी अधिक रहेको ठाउँमा येशूको शिक्षा एवं उपदेशबारे कुराकानीका सँगै उपहार आदान–प्रदान गर्ने, शान्ति, समृद्धिको कामना गरिन्छ ।

नेपालमा करिव ४ सय वर्षदेखि इसाइ धर्मावलम्बीको बसोबास सुरु भएको र त्यतिबेलैदेखि क्रिसमस मनाउन थालिएको बताइन्छ ।

आज क्रिसमसको दिन सरकारले देशभर सार्वजनिक बिदा त दिएको छैन । तर बाहुल्य क्षेत्रहरुमा बिदा दिन सकिने परिपत्र जारी गरेको छ ।

हालको इजरायलमा पर्ने जेरुसेलमको बेथहेलममा कन्या मारियामको कोखबाट २ हजार वर्षअघि येशुको जन्म भएको मानिन्छ ।

येशुलाई जिसस क्राइष्ट पनि भनिन्छ । उनले सर्वसाधारणलाई अन्याय, अत्याचार, विभेदबाट मुक्ति दिलाउन आफैं क्रसमा चढेको र उनको योगदानको सम्झनामा अनुयायीमार्फग इस्वी संवत् सुरु गरिएको विश्वास छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...