फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या
वि.सं.२०७७ मंसिर २५ बिहीवार २३:२१
2.3K
shares
काठमाडौं: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको छ । फेसबुक र इन्स्टाग्रामको च्याटमा समस्या देखिएको हो ।
बिहीबार विहानैदेखि समस्या सुरु भएको संसारभरका प्रयोगकर्ताहरुले गुनासो गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
डाउन डिरेक्टर नामक बेवसाइटले गत २४ घण्टादेखि फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या रहेको दावी गरेको छ । उसका अनुसार सबैभन्दा धेरै म्यासेन्जर रिसिभिङमा समस्या देखिएको छ । यस्तो गुनासो युरोप र एसियाली मुलुकका प्रयोगकर्ताले बढी गरेको छ । अष्ट्रेलिया, भारत, कोरिया लगायत देशमा पनि समस्या देखिएको छ ।
इन्स्टाग्राममा यसअघि डिसेम्बर चार, सात र आठमा पनि समस्या देखिएको छ । समस्याका बारेमा दुबै सामाजिक सञ्जालले कुनै प्रतिक्रिया दिएका छैनन ।
वि.सं.२०७७ मंसिर २५ बिहीवार २३:२१




















