Texas College
YouTube Link

महिला हिंसा विरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न

Facebook Link

काठमाडौं: राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आदिबासी जनजाति महिला हिंसा विरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिड–१९ को महामारीले आदिबासी जनजाति महिलामाथि भएका हिंसाका विषयलाई लिएर “लैङिगक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” नाराका साथ महासंघले परामर्श कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका सल्लाहकार यशोकान्ती भट्टचन र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले कार्यपत्र प्रस्तुति गरेको थिए ।

हिंसामा परेका महिलाहरुलाई उत्थान गर्न सरकारले बिभिन्न कार्यक्रम संचालनमा ल्याएको कार्यक्रमका प्रमुख अथिति, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बताए ।

हिंसाको शिकारमा पर्न नदिन सरकारले उद्यमशिलता, वित्तिय पहुँच, स्वास्थ सेवा, तालिम लगायत सचेतना मुलक कार्यक्रमहरु गरेको र निरन्तरता दिन प्रतिबद्ध रहेको पनि सचिव खतिवडाले बताए ।

कार्यपत्र प्रस्तुत गर्दै कोरोना भाईरस महामारीका काराण लकडाउन भएपछि महिलामाथि विभिन्न क्षेत्रमा दुव्र्यवहार, घरेलु तथा अन्य बिभिन्न प्रकारका संरचनागत हिंसा भएको महासंघका सल्लाहकार भट्टचनले बताए ।

हिंसा रहित समाज निर्माणका लागि स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म सम्पुर्ण संघ संस्था, नागरिक समाज, सरकारी निकाय बिचको सहकार्य आबश्यक रहेको पनि उनले बताए ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको उपाध्यक्ष छिङ चिप्पा ल्होमीको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ, आदिवासी जनजाति युवा संघ, आदिबासी जनजाति चलचित्र महासंघ, आदिबासी जनजाति महिला अपाङ्ग संघ, महिला कानुनि सचेतना समुह, राष्ट्रिय आदिवासी महिला मञ्च , संस्थापक सदस्यहरु, पूर्व पदाकारीहरु, संघिय परिषदका सदस्य एवम् महिला महासंघमा आबद्घ जातिए संस्थाका प्रतिनीधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

र यो पनि पढ्नुहोस्:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...