Texas College
YouTube Link

‘मृत्यु एक बिन्ती छ’ बोलको लिरिकल म्युजिक भिडियो सार्बजनिक {भिडियो सहित}

Facebook Link

काठमाडौं: वरिष्ठ कवि तथा गीतकार भुपाल राईको शब्द रहेको ‘मृत्यु एक बिन्ती छु’ बोलको लिरिकल म्युजिक भिडियो सार्बजनिक भएको छ ।

यस गीतलाई युवा संगीतकार आश कुमार राईले संगीत भरेका छन् भने लोकप्रिय गायक उदय सोताङको स्वर रहेको छ । गीतको संगीत संयोजन बरिष्ठ संगीतकार लाहाङ सुब्बाले गरेका छन् । त्यस्तैगरी मिक्सिङ तथा मास्टरिङ बरिष्ठ साउण्ड ईन्जिनियर तथा रेकर्डिष्ट मित्र लामाले गरेका छन ।

संगम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतलाई ओजस स्टुडियो प्रालिले भिडियो निर्माण गरेको हो भने यो गीतको लिरिकल भिडियो सम्पादन धड्कन लिम्बु तथा नरोत्तम पाण्डेले गरेका छन् । चावहिल स्थित सत्कार क्याफेमा यस गीतको लिरिकल म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।

यस गीतको बारेमा गीतकार भुपाल राई भन्छन्, ‘सयौं गीतहरु लेखिए रेकर्ड भए आ-आफ्नो ठाँउमा सबै गीतहरुको महत्व र सान्दर्भिकता उत्तिकै मुल्यको छ । तर यो गीत ती गीतहरु भन्दा फरक गीत हो । यो गीत एउटा सामाजिक, राजनितिक, दार्शनिक र ब्रह्माण्डिय चेत सहितको भौतिकबादी दृष्टिकोणबाट समाज रुपान्तरणको अभिष्ट पोख्ने गीत हो, यस अर्थमा यो गीत अरु गीतहरु भन्दा फरक छ ।’

बजारमा चलेका सतही गीतहरु भन्दा चेतना र दृष्टिकोणमा शन्देस प्रबाहको हिसाबले यो गीत निक्कै माथि छ र, जिबन्त रहेको संगीतकार आश कुमार राईले बताए । संगीतकार राई भन्छन, ‘जिन्दगीको अन्तिम सत्य भनेको नै मृत्यु हो । मान्छे र जिन्दगी बीच रस्साकस्सीको ‘फाइनल म्याच’ हो मृत्यु । त्यसैले बाँच्दा र मर्दा एउटा गतिलो परिचय छोड्नुपर्छ ।’

यस गीतको म्युजिक भिडियो कवि तथा गीतकार भुपाल राईको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

{भिडियो सहित}

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...