YouTube Link

हालान्डको चार गोलमा डर्टमण्डको शानदार जित

Facebook Link

काठमाडौं । एर्लिन ब्राट हालान्डको दोस्रो हाफमा ह्याट्रिक सहित चार गोलले जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्डले हेर्था बर्लिनमाथि शानदार जित हासिल गरेको छ । गएराति भएको खेलमा डर्टमण्डले हेर्थालाई उसैको मैदानमा ५–२ ले पराजित गरेको हो ।

खेलमा एक गोलले पछि परेको अवस्थामा डर्टमण्डले दोस्रो हाफमा पुनरागमन गरेको हो । हालान्डको १५ मिनेटको ह्याट्रिकले डर्टमण्डले शानदार जित हात पारेको हो । ३३औं मिनेटमा माथेउज कुन्हाले गोल गर्दै घरेलु टोली हेर्थालाई पहिले अग्रता दिलाएका थिए । हेर्थाले पहिलो हाफमा अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा हालान्ड चम्किए । हालान्डले ४७औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

त्यसको दुई मिनेटपछि नै हालान्डले गोल गर्दै डर्टमण्डलाई पहिलो पटक अग्रता दिलाए । ६२औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे भने डर्टमण्डलाई ३–१ को अग्रता दिलाए । ७०औं मिनेटमा राफेल गुरेइरोले गोल गरेपछि डर्टमण्डले ४–१ को अग्रता बनायो । ७९औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै गोलअन्तर घटाउन प्रयास गरे । तर ७९औं मिनेटमै हालान्डले व्यक्तिगत चौथो तथा टिमका लागि पाँचौ गोल गरे ।

८६औं मिनेटमा हालान्डकै स्थानमा मैदान प्रवेश गर्दै डर्टमण्डका युसुउफा माउकोकोले कीर्तिमान बनाए । माउकोको बुण्डेसलिगामा डेब्यु गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने । उनले १६ वर्ष १ दिनको हादा बुण्डेसलिगामा डेब्यु गरेका हुन् । मउकोकोले डर्टमण्डकै नुरी साहिनको कीर्तिमान तोडेका हुन् । साहिनले १६ वर्ष ११ महिना हुँदा डेब्यु गरेका थिए ।

यो पनि पढ्नु होस्  https://www.akhabarnepal.com/2020/11/19402/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...