YouTube Link

भारतमा जारी १२औं संस्करणको आईपीएल क्रिकेटमा सनराइजर्सद्वारा चेन्नई सुपर किङ्स पराजित

Facebook Link

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स पराजित भएको छ ।

बुधबार भएको खेलमा चेन्नई सनराइजर्स हैदरावादसंग ६ विकेटले पराजित भएको हो । राजिब गान्धी क्रिकेट स्टेडियममा चेन्नईले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य घरेलु टोली हैदरावादले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । हैदरावादका लागि जोनी बैयर्स्टो र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बैयर्स्टोले अविजित ६१ रन जोड्दा वार्नरले ५० रन बनाए । चेन्नईका इमरान ताहिरले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । चेन्नईका लागि फाफ डु प्लेसिसले ४५ रन जोड्दा सेन वाट्सनले ३१ रन बनाए । हैदरावादका राशिद खानेले २ विकेट लिए । घरेलु टोलीसँगको हारसँगै चेन्नईले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ । चेन्नईले ९ खेलबाट १४ अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ । चेन्नईलाई हराएसँगै हैदरावादले भने अंक तालिकामा सुधार गरेको छ । हैदरावाद ८ खेलबाट ८ अंक जोडेको छ । हैदरावाद पाँचौं स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...