YouTube Link

तीन चरणको राष्ट्रिय जागरण अभियान गर्दै नेपाली कांग्रेस

World Cup 2026
Facebook Link

काठमाडौं: ‘हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस जागरण अभियान’ भन्ने मूल नारा रहेको राष्ट्रिय जागरण अभियानमा बर्तमान सरकारले जनचाहाना अनुरुप कुनैपनि काम नगरेको र कांग्रेसको सरकार हुँदा राष्ट्रिय हितका बिषयमा अगाडि सारिएका बिषयहरुमा सत्तारुढ दलले चासो नदेखाएको बिषयमा जनजागरण अभियान गर्न लागेको नेपाली कांग्रेसले बताएको छ ।

अभियानमा कांग्रेसको बिगतको उपलब्धिको सम्प्रेषण, संविधानमा देखिएका बिमतिको समिक्षा, तराई मधेसका असन्तुष्टिको समिक्षा, महिला हिंसा, दैवी प्रकोप लगायतका बिषयलाई अगाडी सारिएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । जागरण अभियान तीन चरणमा गरिने बताईएको छ ।

बैशाख ११ देखी जेठ ११, भाद्र २४ देखी असोज सात र पौष सात देखी पौष सत्र गतेसम्म गरि चलाईने अभियानाको पहिलो चरणमा ७७ जिल्लामा केन्द्रिय प्रतिनिधि पुगेर ७७ जिल्लाको जनगुनासो सुन्नेसँगै दोस्रो चरणमा केन्द्रिय प्रतिनिधि प्रत्येक ३३० निर्वाचन क्षेत्रमा पुगेर जनगुनासो सुन्ने र तेस्रो चरणमा ७५३ स्थानीय तहमा दश दिनसम्म स्थानीय समस्याको टिपोट गर्ने कार्यक्रम रहेको कांग्रेस प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

कांग्रेसको उक्त अभियानमा पहिले पार्टिमा योगदान पुर्याउने व्यक्तिको अभिलेख सर्कुलर राख्ने र पुराना अग्रजलाई सम्मान गर्ने शहिद परिबारका सदस्यलाई भेट्ने र संगै यसैमा प्लस टु प्लस बिद्यार्थी अभियान चाल्ने बताईएको छ । कांग्रेसको उक्त अभियानले नेपाली जनतालाई लोकतन्त्र छ है भन्ने अवास गराउनुका साथै जनताका समस्यामा प्रत्यक्ष प्रतिनिधि समाबेश हुनाले जनतालाई पनि फाईदा हुने कांग्रेस बताएको छ । कांग्रेसको राष्ट्रिय जागरण अभियानमा देशभरिका भातृ संगठन र जिल्ला र केन्द्रिय प्रतिनिधिको सहभागिता रहने जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...