YouTube Link

१३औं संस्करणको ईण्डियन प्रिमियर लिगको उपाधि मुम्बई ईण्डियन्सले जित्यो

Facebook Link

एजेन्सी: १३औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि मुम्बई ईण्डियन्सले जितेको छ ।

मुम्बईले पाँचौ पटक ईण्डियन प्रिमियर लिग आईपीएलको उपाधि जित्न सफल भएको छ । दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि हात पारेको हो ।

युएईको दुबईस्थित दुबई ईन्टरनेशनल स्टेडियममा गएराती सम्पन्न आईपीएलको फाईनलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफि ब्याटिङ्ग गरेको मुम्बईले दिल्लीले दिएको लक्ष्य औं १९औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

मुम्बईलाई जित दिलाउन कप्तान रोहित शर्माले कप्तानी ईनिङ्ग खेले । उनले ५१ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ६८ रनको सर्वाधिक ईनिङ्ग खेले ।

यसबाहेक ईशान किशानले महत्वपूर्ण ईनिङ्ग खेल्दै नटआउट रन बनाए भने ओपनर क्विन्टन डिककले २० रनको सहयोग गरे ।

दिल्लीका लागि एन्रिक नोर्जेले २ तथा कागिसो रबाडा र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पारेको थियो ।

दिल्लीको शुरुवात भने राम्रो हुन सकेन । उसले आफ्नो पहिलो विकेट ईनिङ्गको पहिलो बलमा नै स्टोइनिसको रुपमा गुमाउन पुग्यो ।

त्यसपछि अजिंक्या राहाणे २ रन बनाउँदै आउट भए । दुबै विकेट ट्रेन्ट बोल्टले लिएका थिए । यसपछि लयमा रहेका शिखर धवन पनि १५ रन बनाएर जयन्त यादवको सिकार भए ।

यसपछि दिल्लीको ईनिङ्गलाई कप्तान श्रेएस ऐयर र रिसब पन्त्ले जोगाए । ऐयरले ६५ तथा पन्तले ५६ रनको महत्वपूर्ण ईनिङ्ग खेले ।

मुम्बईका लागि बलिङ्गतर्फ बोल्टले ३ तथा नाथन कुल्टरनाईलले २ विकेट हात पारे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...