YouTube Link

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशवासीको नाममा सम्बोधन

World Cup 2026
Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्नुभएको छ । नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको आर्थिक विकासका लागि तिव्र गतिको दौड आवश्यक रहेको बताउनुभएको छ ।

देशको विकासका लागि सबैको सक्रियता आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले विकासका हिसावमा नेपाल अरु देशभन्दा पछि परेकोले उनीहरुलाई भेट्न र उछिन्नका लागि विकासको गतिमा दौडाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले समयको हेक्का राख्न सबैमा आग्रह गर्दै देश विकासका लागि अनगिन्ती कामहरु रहेको भन्दै सक्रिय हुन सबैमा आग्रह गर्नुभयो ।

गत वर्ष कानून, शुसासन लगायतको आधार वर्षको रुपमा रहेको बताउँदै उहाँले त्यही आधारमा टेकेर नयाँ वर्षमा विकास र समृद्धिको बाटोमा बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघीयता नेपालका लागि नयाँ अभ्यास भएका कारण केही अलमल भएको भन्दै प्रधानमन्त्री ओलीले अहिले तीनै तहको सरकारले एक वर्षको अवधिमा सिक्दै र कमी कमजोरीलाई चिर्दै अघि बढेको बताउनुभयो । आफ्ना मात्र श्रोत साधनले विकास गर्न ढिला हुने भएकाले मित्रहरुको सहयोग खोजेको र त्यसैका लागि केही समय अघि लागनी सम्मेलनको आयोजना गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सरकारका कामबाट निराश हनुपर्ने अवस्था नभएको भन्दै उहाँले सरकारले के गर्‍यो र भन्ने प्रश्नलाई फेर्नुपर्ने बताउनुभयो । सरकारको कामले जनताको जीवनस्तरमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...