इन्डियन प्रिमियर लिग क्रिकेटमा कोलकाताविरुद्ध पन्जाबको सानदार जित
वि.सं.२०७७ कात्तिक ११ मंगलवार ०७:३४
2.1K
shares
एजेन्सी: इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ ।
गएराति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो ।
कोलकाताले दिएको १५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका गेलले २९ बलमा ५१ रन बनाए ।
उनले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पुरा गरे । मन्दिप ६६ रनमा अविजित रहे । यस्तै कप्तान केएल राहुलले २८ रन बनाए ।
कोलकाताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गनले ४० रनको योगदान गरे ।
खराब सुरुवात गरेको कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।
कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै रबि बिश्नोई र क्रिस जोर्डनले २/२ विकेट लिए ।
ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १/१ विकेट लिए ।
जितसँगै पन्जाब तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । र, पन्जाबले प्ले अफ सम्भावना बलियो बनाएको छ । पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ ।
वि.सं.२०७७ कात्तिक ११ मंगलवार ०७:३४


















