युरोपा लिग फुटबलमा आर्सनलले विजयी सुरुवात
वि.सं.२०७७ कात्तिक ७ शुक्रवार ०५:५८
1.8K
shares
एजेन्सी: युरोपा लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ ।
गएराति भएको समूह चरणको पहिलो खेलमा अष्ट्रियन क्लब रापिड विएनलाई २-१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो ।
रापिडको घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो ।
खेलको ५१ औं मिनेटमा ट्याक्सी अरचिस फोन्टसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ७० औं मिनेटमा डेभिड लुइजले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।
जितसँगै समूह ‘बी’ को आर्सनलले महत्वपूर्ण ३ अंक जोडेको छ । रापिडले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
वि.सं.२०७७ कात्तिक ७ शुक्रवार ०५:५८



















