YouTube Link

माछापुच्छ्रे बैंकले अन्तरिम लाभांश दिने

World Cup 2026
Facebook Link

काठमाडौं:  माछापुच्छ्रे बैंकले कात्तिक ६ गतेको लागि तय गरेको २२ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । बैंकले आगामी साधारण सभामा अनुमोदन गराउने गरी अन्तरिम लाभांश दिने भएको छ ।

बैंकको असोज ३० गतेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई परेको आर्थिक प्रभाव एवं दशै तिहारलाई मध्यनजर गरी २ दशमलव ८५ प्रतिशतका दरले रू. २४ करोड १० लाख ८० हजार ६६० दशमलव २५ अन्तरिम लाभांश दिने भएको हो ।

बैंकले कोरोना संक्रमण बृद्धि भैरहेको र दशैं नजिक भएकाले सदस्यहरु सहभागी हुन समस्या हुने भन्दै सभा स्थगित गरेको हो । सभाले बैंकको सञ्चालक समितिले असोज १ गते प्रस्ताव ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यक्रम थियो ।

सभाले लाभांश सहित अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर या एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको थियो ।

साथै , सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक निर्वाचन समेत सभा गर्ने कार्यक्रम थियो । उल्लेखित सबै प्रस्तावहरु यथावत रहने गरी बैंकले अर्को सुचना जारी नभएसम्मका लागि सभा स्थगित गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...