सामाजिक कार्यमा टोखाका सक्रिय युवा
वि.सं.२०७७ असोज २५ आइतवार २३:०९
1.7K
shares
काठमाडौं: रक्तदान जिवनदान भन्ने मुल मन्त्रालाइ आत्मसात गर्दै काठमाण्डौको टोखा नगरपालिकामा क्षेत्रमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी प्रमुख अथिति रहेको सो कार्यक्रममा स्थानिय जनप्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रतिनिधि, व्यापारी,व्यवसायी लगायत सर्वसाधारणले रक्तदान गरेका थिए ।
टोखा उधोग बाणिज्य संघको आयोजनामा भएको रक्तदान कार्यक्रमका संघका अध्यक्ष निराजन अधिकारीले यो महामारीको समयमा पनि भौतिक दुरी कायम राखि गरीएको कार्यक्रमबाट संकलित रगत अपरझट रगतको आवश्यकता पर्ने बिरामीलाइ सहज उपलब्ध गराउने जानकारी दिएका छन् ।
उधोग बाणिज्यसंघ टोखाले परिस्थिति र अवस्थालाइ मध्यनजर गर्दै समय समयमा यस्ता प्रकारका सामाजिक कार्यलाइ निरन्तरता दिइने पनि संघका अध्यक्ष निराजन अधिकारीले बताएका छन् ।
वि.सं.२०७७ असोज २५ आइतवार २३:०९




















