भन्सार छलि ल्याउँदै गरेको कपडा बरामद
वि.सं.२०७७ असोज २० मंगलवार १६:१७
1.7K
shares
बारा: पचरौता नगरपालिका-९ स्थित सडकबाट भारतबाट भन्सार छली ल्याउँदै गरेको करिब १ लाख ७ हजार ७ सय २५ रुपैयाँ बराबरको रडिमेड कपडा र २ वटा मोटरसाइकल सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको उक्त कपडा फेला पारी बरामद गरेको हो । साथै उक्त कपडा ओसार पसार गर्न प्रयोग गरिएको बिआर ०५ एक्स ६०६३ र बीआर ०५ भी ३१३७ नम्बरको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।
वि.सं.२०७७ असोज २० मंगलवार १६:१७




















