YouTube Link

कुमारी बैंकले बिनाधितो मार्जिन लेण्डिङ योजना

Facebook Link

काठमाण्डौ: कुमारी बैंकले बिनाधितो मार्जिन लेण्डिङ योजना सार्वजनिक गरेको छ । कुमारी बैंकले सार्वजनिक गरेको यो योजना नेपालको बैंकिङ उद्योगकै नयाँ हो ।

 

यस योजनामा धितो राख्नका लागि सेयर चाहिदैन, बैंकले पहिला बिनाधितो लोन दिन्छ र त्यही लोनबाट खरीद गरिएको सेयर धितोमा राखिदिन्छ । साथमा पैसा नहुने वा सेयर नहुनेले पनि कुमारी बैंकको यो स्किममा सहभागी भएर सहजै सेयरमा लगानी गर्नसक्ने छन् । यो कर्जाको स्किममार्फत सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गर्नुपर्ने कुमारी बैंकले जनाएको छ ।

 

कोभिड १९ को विषम परिस्थितिमा सीमित भएको लगानीयोग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको सेयरबजारलाई मध्यनजर गर्दै सेयर बजारमा लगानी गर्न चाहने, तर अर्थको अभावले लगानीबाट बञ्चित सर्व -साधारणहरुलाई मध्यनजर गर्दै यो कर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ । ७० वर्षसम्म उमेर पुगेकाले यस्तो कर्जा लिन सक्नेछन् । न्यूनतम प्रोसेसिंग फी राखिएको यो स्किम अन्तर्गत ७२ घण्टामै कर्जा पाइने बताइएको छ ।

 

बिनाधितो लिन सकिने सेयर कर्जाको ब्याजदर ८.५ प्रतिशत रहेको छ । यसमो प्रोसेसिङ फि ०.७५ प्रतिशत लाग्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्म बिनाधितो सेयर किन्न कर्जा पाउने कुमारी बैंकका चिफ अपरेटिङ अफिसर रामचन्द्र खनालले बताउनु भयो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...